मनोरञ्जन

विदेशका राजालाई ल्याउनु भन्दा नेपालकै राजालाई श्रीपेच लगाउन माग


erastriya सोमबार, बैशाख १०, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका राजालाई विदेशीको इशारामा फालेर विदेशका राजालाई नेपाल बोलाएकोबारे प्रश्न उठाएको छ ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आफ्ना राजालाई फालेर विदेशका राजालाई नेपाल ल्याउनु भन्दा देशकै राजालाई उचित सम्मान र स्थान दिन माग गरेका छन् ।

उनले भनेका छन्, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछ १ नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’

कतारका अमिर (राजा) दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आउँदैछन् । उनको सम्मानका लागि सरकारले मंगलबार सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

८ घण्टा अघि

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

१ दिन अघि

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

जेठ १७, २०८२

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

ताजा अपडेट

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…

  • राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका सह संस्थापक

    राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका…

  • ‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

    ‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

  • भारतमा  २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

    भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पारयो ध्वस्त

    रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४…

  • नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदैँ

    नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदैँ

  • मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा

    मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा