बिज्ञान तथा प्रबिधि

हराएको फोनको लोकेशन जति बेलापनि यसरी ट्रयाक गर्न सकिने


erastriya बुधबार, चैत २८, २०८०

काठमाडौं । गुगलले अफलाइन हुँदा पनि हराएको फोनहरू ट्रयाक गर्ने फिचर अपडेट गरेको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि हराएको फोनको लोकेशन ट्रयाक गर्ने फिचर ल्याएको हो । यस फिचरको विशेषता भनेको अनलाइन मात्रै नभएर अफलाइन भएको बेला समेत यसलाई ट्रयाक गर्न सकिने गुगलले उल्लेख गरेको छ ।गुगलले अप्रिल ८ मा ‘फाइन्ड माई डिभाइस’ नामक यस फिचरलाई रिलिज गरेको हो । ‘फाइनड माई डिभाइस नामक मोबाइल एप पहिले नै संयुक्त राज्य अमेरिका र क्यानडामा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ । भने, विश्वभर यसलाई छिटै लन्च गरिने छ ।यसअघि आफ्नो फोनहरू अनलाइन भएको समयमा मात्रै लोकेशन ट्रयक अथवा हेर्न मिल्ने थियो भने, अब अफलाइन हुँदा पनि प्रयोगकर्ताहरूले लोकेशन ट्रयाक गर्न सक्नेछन् ।‘स्पेशीलाइज्ड पिक्सेल हाड्वेयर’ ले पिक्सेल ८ र पिक्सेल ८ प्रो युजरलाई गुगलको यस अफलाइन लोकेशन हेर्न सक्ने सुविधा प्रदान गर्दछ । गुगलको यो फिचर एन्ड्रोइड ९ र पछि यसलाई अपरेटिङ सिस्टमका लागि पनि उपलब्ध गराइने छ । फाइन्ड माई डिभाइस यसअघि प्रयोग गरिँदै आएको आइफोनको ‘फाइन्ड माई’ एपसँग मिल्दोजुल्दो रहेको गुगलले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

असार ०३, २०८१

एनसेलको टावरमा बम विस्फोट
एनसेलको टावरमा बम विस्फोट

चैत २९, २०८०

जापान चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा : नेपालकाे काम हेर्ने तयारि
जापान चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा : नेपालकाे काम हेर्ने तयारि

चैत १२, २०८०

इतिहासकै सबैभन्दा लामो सूर्यग्रहण लाग्दै यसपटक
इतिहासकै सबैभन्दा लामो सूर्यग्रहण लाग्दै यसपटक

चैत ०७, २०८०

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति