काठमाडौं । नेकपा एमालेका नेतासमते रहेका पूर्वउद्योग मन्त्री महेश बस्नेतविरुद्ध बलात्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ । ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या र बलात्कारयुवतीले बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाएकी छन् । काठमाडौंको बबरमहलस्थित एक अपार्टमेन्ट र भारतमा बलात्कार भएको जाहेरीमा उल्लेख गरेकी छन् ।उनले २ महिना १५ दिनको भ्रूण हत्याको आरोप पनि बस्नेतमाथि लगाएकी छन् । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक बस्नेतले भ्रूण हत्या गरेको उनको आरोप छ । बस्नेत को निर्देशनमा दुई जना युवाहरूले आफ्नो अपार्टमेन्टमा आएर कुटपिट गरेको र मोबाइल लगेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् । आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिकिर्या