बिज्ञान तथा प्रबिधि

चीनले किन खन्दैछ सगरमाथाको उचाइ भन्दा पनि गहिरो खाडल ?


erastriya आइतबार, जेठ २८, २०८०

चीनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो ।

यो योजना ४५७ दिनमा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस अवधिमा त्यहाँ कार्यरत श्रमिक तथा भूगर्भविद्हरू दिनरात 'हेभी मशिनरी'का साथ काममा व्यस्त रहनेछन् ।

चीनले बनाउँदै गरेको यो खाडल मानिसले बनाएको सबैभन्दा गहिरो खाडल भने हुने छैन ।

यसअघि सन् १९८९ मा १२ हजार २६२ मिटर अर्थात् १२ किलोमिटरभन्दा बढी गहिराइसम्म 'ड्रिल' गरेर रुसले कीर्तिमान बनाएको थियो ।

चीनबाट यो ठूलो योजनाको घोषणा यस्तो समयमा भयो छ, जुन समयमा चीनले विश्वको प्राविधिक र वैज्ञानिक शक्तिका रूपमा आफ्नो स्थिति बलियो बनाउन महत्त्वपूर्ण कदम चालिरहेको छ ।

चाखलाग्दो कुरा के छ भने जुन दिन यो नयाँ योजनामा ​​काम शुरू भएको थियो, त्यही दिन चीनले आफ्ना तीनजना अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष कक्षमा रहेको स्टेसनमा पठाएको थियो।

अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीहरू पठाउने यो कदम चीनको ठूलो अन्तरिक्ष परियोजनाको एक हिस्सा हो, जसअन्तर्गत उसले २०३० अघि चन्द्रमामा पाइला राख्ने प्रयास गरिरहेको छ ।

यस्तो परिस्थितिमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ (८ हजार ८ सय ४८ दशमलव ८६ मिटर) भन्दा पनि गहिरो खाडल चीनले किन खन्दैछ  ?

करीब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले देशको वैज्ञानिक समुदायलाई पृथ्वीको गहिराइमा रहेका स्रोतहरूको खोजीमा अगाडि बढ्न आग्रह गरेका थिए।

सीले निर्देशन दिएको करीब दुई वर्षपछि अहिले महत्त्वाकांक्षी परियोजनामा काम शुरू भएको छ ।

चीनमा तेल र ग्यास अन्वेषणमा काम गर्ने देशको सबैभन्दा ठूलो कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका प्रतिनिधि लिउ सियाङ्गले दुईवटा उद्देश्यले यो परियोजना अगाडि बढाइएको बताएका छन्- पहिलो पेट्रोलियम पदार्थ उत्खनन् र दोस्रो वैज्ञानिक अन्वेषण ।

ताक्लामाकान मरुभूमिको गर्भमा ठूलो परिमाणमा ग्यास तथा पेट्रोलियम पदार्थ रहेको अनुमान छ ।

यस्तो गहिरो खाडललाई कायम राख्नु पनि ठूलो चुनौती भएको प्राध्यापक क्रिस्टियन फारियास बताउँछन् ।

सोभियत रुसले विगतमा १२ किलोमिटरको गहिराइ नाघ्न सफल भए पनि पृथ्वीको भित्री तहमा पुग्न निकै कठिनाइ झेलेको थियो । सोभियत संघको पतनसँगै सो परियोजना नै विफल हुन पुगेको थियो ।

​चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिनले सिन्ह्वालाई भने, 'यो ड्रिलिंग परियोजना दुई पातलो स्टिलको तारमा ठूलो ट्रक चलाउनु जस्तै हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित
अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित

जेठ ११, २०८२

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा
कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

जेठ ०९, २०८२

माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती
माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती

जेठ ०७, २०८२

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

माघ ०३, २०८१

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…