अन्तर्राष्ट्रिय

नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन तयार


erastriya मंगलबार, चैत २०, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

चीनको सात दिने भ्रमण पूरा गरी सोमबार बिहान काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’

चिनियाँ विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका थिए ।

आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर आफूले चिनियाँ पक्षसँग छलफल गरेको पनि उनले बताए । ‘मेरो मुख्य ध्यान नेपालको अहिलेको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धिमा चीन र नेपालको बीचको अन्तर्क्रिया र अन्तरनिर्भरताको जुन स्थिति छ, त्यसलाई कसरी सुदृढ गर्ने भन्नेमा केन्द्रित रहेको थियो,’ उनले भने, ‘नेपाल–चीनको डभेलपमेन्ट करिडोरको रुपमा नेपाल, तिब्बत, सिचुआन र छोङछिङलाई बनाउन सकियो भने हामीले धेरै उपलब्धि लिन सक्छौं । तीनटै ठाउँमा मेरो गम्भीर छलफल भयो । अहिलेको इकोनोमिक डिप्लोमेसीलाई केन्द्रमा राखेर मैले यी तीनवटा प्रदेशमा छलफल गरेको छु ।’

मन्त्री श्रेष्ठका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे पनि दुई पक्षबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

१ घण्टा अघि

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

७ घण्टा अघि

चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

मंसिर ०७, २०८१

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

मंसिर ०६, २०८१

ताजा अपडेट

  • राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

    राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

  • भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

    भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

  • रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

    रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

  • चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

    चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

  • सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

    सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

  • पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

    पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

  • एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

    एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

  • चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

    चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित