अहिले नेकपा एमालेका कार्यकर्ताले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको एउटा भिडिओ क्लिप्स सेयर गरिरहेका छन्। जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली कुनै बेला आफ्नै पार्टीका केन्द्रीय सदस्य बनेका दुर्गा प्रसाईंले आफ्नो हत्या प्रयास गरेको बताइरहेका छन्। अन्तर्वाता दिँदै उनले प्रसाईंको समूहले २०६४ सालमा आफूलाई ढुंगाले हानेर मार्न खोजेको दाबी गरेका छन्।
‘२०६४ सालमा मेरो बाटो छेकेर हत्या गर्ने प्रयास गरेका थिए तिनीहरूले। तिनै मान्छे अगाडि थिए। तिनै हुन् ढुंगा हान्ने मान्छे। त्यसमा उनीहरू सफल हुन सकेनन्। पछि पनि उनीहरूका त्यस्ता प्रयासहरू रहे, अगाडि पनि त्यस्ता प्रयासहरू भए’, ओलीले भनेका छन्।
अन्तर्वार्ताकार सोध्छन् : यहाँको हत्याको प्रयास भएको छ?
ओली भन्छन् : हत्याको प्रयास त, बाटो छेकेर दिनदहाडै अब यत्रो यत्रो, ठूल्ठूलो ढुंगाले ड्याड्याम्ती हानेपछि मान्छे मर्छ कि मर्दैन? बचाउन खोज्या हो र? त्यस्तो हर्कत त गरेकै हो नि दुर्गा प्रसाईंहरूले। यिनीहरूले मार्नै खोज्या हुन् नि!
प्रतिकिर्या