स्वास्थ्य

प्रसाईको मेडिकल कलेज सम्बन्धी आदेश नसच्चिए अनसन बस्ने डा. केसीको चेतावनी


erastriya मंगलबार, चैत १३, २०८०

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईँद्वारा झापामा सञ्चालित मेडिकल कलेजलाई अनुमति दिन सरकारलाई सर्वोच्च अदालतले सोमबार दिएको आदेश सुधार्नुको विकल्प नरहेको चेतावनी दिएका छन् । 

अदालतको आदेशप्रति ध्यानाकर्षण भएको भन्दै मङ्गलबार उनले जारी गरेको विज्ञप्तिमा कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्ने भएकाले न्यायालयले त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन भनेका छन् ।

अदालतले उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दा उपर गरेको फैसलाको संक्षिप्त आदेशको प्रतिलिपि भने प्राप्त नभएको जनाएका छन् । 

देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु सबैको कर्तव्य हुने उल्लेख गर्दै डा. केसीले ऐन प्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट)मा जानुपर्ने बताएका छन् ।

 

अदालतको फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरी चिकित्सा शिक्षा आयोगलाई निस्तेज तुल्याए मेडिकल शिक्षाका क्षेत्रमा अराजकतालाई बल पुग्ने उनको दाबी छ । यसले आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुने डा. केसीको चिन्ता छ ।

'यही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप
पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

१६ घण्टा अघि

स्वास्थ्यमन्त्री पौडलको आग्रह कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन
स्वास्थ्यमन्त्री पौडलको आग्रह कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन

१ दिन अघि

८ वर्षअघि बन्ध्याकरण गरेका महेश बस्नेतले कसरी  बोकाए गर्भ
८ वर्षअघि बन्ध्याकरण गरेका महेश बस्नेतले कसरी बोकाए गर्भ

बैशाख १२, २०८१

डिप्रेसनको जोखिम कम गर्न सुकुमेल प्रयाेग गर्न सकिने
डिप्रेसनको जोखिम कम गर्न सुकुमेल प्रयाेग गर्न सकिने

चैत १०, २०८०

ताजा अपडेट

  • उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

    उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

  • नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

    नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

  • चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

    चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

  • राजनीति  सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

    राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

    राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

  • नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

    नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

  • उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

    उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

  • नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा

    नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा