समाचार

बडिगार्ड समातिएपछि आफुपनि समातिने डरले भागेर मुम्बई पुगे दुर्गा प्रसाईं


erastriya बिहीबार, चैत ०८, २०८०

पछिल्लो विभिन्न विवादमा मुछिँदै आएका दुर्गा प्रसाईं भारत पुगेका छन्। उनी बुधबार भारतको मुम्बुई पुगेका हुन्। यही सोमबार सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित प्रसाईंका दुईजना सहयोगी पक्राउ परेका थिए। 

पक्राउ परेका दुवैजनाविरूद्ध प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ। लाइसेन्स प्राप्त हतियार संवेदनशील क्षेत्रमा बोकेको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका छन्। खड्काको नाममा हतियार बाहक लेखेको अवस्थामा धिमालले बोकेपछि दुवैलाई पक्राउ गरेर अहिले सिंहदरबार बृत्तमा राखिएको छ। 

यो हतियारको लाइसेन्स भने दुर्गा प्रसाईंको नाममा जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ। यो प्रकरणमा प्रसाईं आफैं पनि प्रहरीको अनुसन्धान घेरामा छन्। 

प्रसाईं भारततिर लागेपछि दाङमा २४ गते गर्ने भनिएको कार्यक्रमको तयारी रोकिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

१ दिन अघि

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …