अर्थ/बाणिज्य

एनसेलको करसम्बन्धी ६६ अर्बको मुद्दा नेपालले जित्यो


erastriya शनिबार, जेठ २७, २०८०

 

दूरसञ्चार सेवा प्रदायक एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको पक्षमा फैसाल आएको छ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर निर्धारणको विषयमा दायर गरेको मुद्दा नेपाल सरकारले जितेको हो ।

करिब ४ वर्षदेखि अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकायमा नेपाल सरकारविरुद्ध एनसेलले दाबी गरेका मूलभूत मुद्दा खारेज भई नेपालले मुद्दा जित्न सफल भएको हो । यससँगै एनसेलको ८० प्रतिशत सेयर बिक्री भएको करिब सात वर्षपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै निकायबाट विवादसम्बन्धी मुद्दा पनि पूण रूपमा किनारा लागेको छ ।

आजियटा ग्रुपले २०७६ वैशाखमा विश्व बैंकको लगानीमा स्थापित अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा मुद्दा दायर गरेको थियो । आजियटाले नेपालमा द्विपक्षीय लगानी सम्झौताविरुद्ध काम भएको, राज्यले न्याय नदिएको, कर लगाएको र त्यसको न्याय निरूपण गर्दै करिब ५० करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति दाबी गरेको थियो ।

यससँगै एनसेलले दाबी गरेको ५० करोड अमेरिकी डलर (करिब ६६ अर्ब रुपैयाँ) नेपालले फिर्ता गर्नुपर्ने छैन । एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा सरकारले निर्धारण गरी असुल गरेको उक्त रकमबराबरको कर फिर्ता गर्नुपर्ने आजियटाको माग अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष गरेको थियो । जुन रकम फिर्ता नहुने गरी फैसला आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’
उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’

जेठ ०७, २०८२

कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य
कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

बैशाख ३०, २०८२

करिब बीस करोड रकमसहित एक जना पक्राउ
करिब बीस करोड रकमसहित एक जना पक्राउ

चैत ०४, २०८१

ताजा अपडेट

  • बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

    बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !…

  • सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

    सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

  • विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

    विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. रा…

  • अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट

    अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रच…

  • रास्वपाद्वारा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकको परिवारलाई ३ लाख सहयोग

    रास्वपाद्वारा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकक…

  • भैरहवा कारागारबाट रविको अपिल- बेथितिविरुद्ध चुनौति दिएको मूल्य तिरिरहेको छु

    भैरहवा कारागारबाट रविको अपिल- बेथितिविरुद्ध चुनौति…

  • प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ तरंग

    प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ त…

  • युद्धले घेरियो इजरायल, दैनिक खर्च हुदैछ ७२५ मिलियन डलर

    युद्धले घेरियो इजरायल, दैनिक खर्च हुदैछ ७२५ मिलियन …