मनोरञ्जन

अचम्म घटना: २० वर्षअघि जलेर मरेको भनिएका व्यक्ति जीवित भेटिए


erastriya सोमबार, चैत ०५, २०८०

काठमाडौँ । भारतमा २० वर्षअघि जलेर मरेको भनिएका एक व्यक्ति जीवित फेला परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानको जोधपुर सहरस्थित डांगियावास थाना क्षेत्रमा एउटा ट्रकमा आगलागी हुँदा दुई जना जिउँदै जलेर मरेका थिए । प्रहरीले सो आगलागीमा जलेर मरेका भनिएका दुईमध्ये एक जनालाई हालै जीवित फेला पारेको हो ।

डांगियावास थानाका सबइन्स्पेक्टर मनोज कुमारका अनुसार २००४ मे १ का दिन एक ट्रकमा आगजनी हुँदा दुई जना जलेर मरेको सूचना आएको थियो । परिवारजनले सनाखत गरेको आधारमा प्रहरीले एक जना मृतकको पहिचान गरेको थियो । ट्रक चालक पूर्व सैनिक बालेश कुमारका परिवारजनले गरेको सनाखतका आधारमा उनको पहिचान खुलेको थियो । जलेर मृत्यु भएका अर्का व्यक्तिको भने सनाखत हुन सकेको थिएन । 

जोधपुर प्रहरीको रिपोर्टकै आधारमा बालेश कुमारकी पत्नीले पतिको मृत्यु प्रमाणपत्र लिइन् र सोही प्रमाणपत्रका आधारमा पूर्व नौसेना कर्मचारीका रुपमा पतिले पाउने पेन्सन पनि दाबी गरिन् । 

२० वर्षअघि मरेको भनिएका बालेश कुमारलाई गत अक्टोबरमा दिल्ली क्राइम ब्राञ्चले पक्राउ गरेको थियो । त्यसपछि थप रहस्य खुलेको हो ।

बालेश कुमारले प्रहरीलाई दिएको बयानमा आफूले दुई मजदुरलाई ट्रकमा जलाएको र आफू भूमिगत भएको जनाएका छन् । पत्नीलाई मृतकका रुपमा आफ्नो सनाखत गर्न भनेको र सोही आधारमा पत्नीले सनाखत गरेपछि कानुनी रुपमा आफू मरेको प्रमाणित गर्न सफल भएको उनले खुलासा गरेका छन् ।

त्यसपछि बालेश कुमार दिल्लीको नजफगढ क्षेत्रमा अमन सिंह नाम राखेर बस्न थालेको र सोही नामबाट चालक अनुमति प्रमाणपत्रसहित विभिन्न आवश्यक दस्तावेज बनाएको पनि उनले बयान दिएका छन् ।

प्रहरीका अनुसार कानुनी रुपमा मृत घोषित भइसकेका उनले समयसमयमा पत्नीसँग भने भेट गर्दै आएका थिए । गोप्य सूचनाका आधारमा क्राइम ब्राञ्चले छानबिन अघि बढाएपछि गत अक्टोबरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सन् १९९६ मा नौसेनाबाट सेवानिवृत्त भएपछि बालेश कुमारले आफ्नो भाइ सुन्दरलालसँग मिलेर ट्रान्सपोर्टको काम थालेका थिए । उनी आफैँ ट्रक चलाउँथे । यस क्रममा उनको मित्रता राजेश (खुसीराम)सँग भयो । खुसीरामकी पत्नीसँग बालेशको सम्बन्ध बढ्न थाल्यो । मदिरा पिएको समय एक दिन खुसीराम र बालेशबिच यही विषयमा विवाद भयो । बालेशले भाइ सुन्दरलालसँग मिलेर खुसीरामको हत्या गरे । सुन्दरलाललाई केही समयमै प्रहरीले पक्राउ गरेको थियो भने बालेश फरार भए ।

हत्याको सोही आरोपबाट बच्नका लागि बालेशले आफू मरेको नाटक मञ्चन गर्न ट्रकमा आगजनी गरेका थिए । आगजनीका कारण ट्रकमा रहेका दुई मजदुरको मृत्यु भएको थियो । तिनै मृतकमध्ये एक जना आफ्नो पति रहेको भन्दै बालेशकी पत्नीले सनाखत गरिदिएपछि बालेश कानुनी रुपमा मृत घोषित भएका थिए ।

प्रहरीले हत्याका दुवै घटनामा बालेशको संलग्नता रहेको भन्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यस क्रममा झुटो सनाखत गरेको आरोपमा बालेशकी पत्नी पनि अनुसन्धानको दायरामा तानिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

१ दिन अघि

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

जेठ ०६, २०८२

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत ०३, २०८१

ताजा अपडेट

  • लगातार चौथो पटक रियाल मड्रिड बन्याे विश्वको धनी फुटबल क्लब

    लगातार चौथो पटक रियाल मड्रिड बन्याे विश्वको धनी फुटब…

  • आजको राशिफल: २०८२ जेठ १८ गते आईतबार

    आजको राशिफल: २०८२ जेठ १८ गते आईतबार

  • पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

    पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल