कानुन

सहकारी पीडितले प्रधानमन्त्रीलाई भने– सहकारी ठगीमा गृहमन्त्री जोडिएका छन्, छानबिन होस्


erastriya आइतबार, चैत ०४, २०८०

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले सहकारी ठगीमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग माग गरेका छन्।

पत्रकार महासंघ कास्कीले आयोजना गरेको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा जाँदै गरेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकारी पीडितले ज्ञापन पत्र बुझाएको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

कार्यक्रममा सहभागी हुन पोखरा उद्योग बाणिज्य संघको सभाहल जाने क्रममा बाटोमा प्रधानमन्त्रीलाई भेटेर उनीहरूले ज्ञापन पत्र बुझाएका थिए।

सहकारी पीडितका समस्या समाधान गर्न सरकारले चासो नदिएको उनीहरूको गुनासो छ।

ग्यालेक्सी लिभिजनका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने हाल उपप्रधान तथा गृहमन्त्री छन्। गैरकानुनी रुपमा सहकारीबाट टेलिभिजनमा करोडौं रकम लगेको भन्दै पीडितले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरीसमेत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

५ घण्टा अघि

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग

मंसिर ०२, २०८१

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ

मंसिर ०२, २०८१

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै
राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

कात्तिक २८, २०८१

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी