समाचार

प्रधानमन्त्री काे भन्दा ठुलो बालेनकाे सचिवालय २६ जनाले लिन्छन सरकारी पैसा


erastriya शुक्रबार, चैत ०२, २०८०

काठमाडौं । दुई साताअघि काठमाडौं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर बालेन्द्र शाहमाथि आरोप लगाउँदै भनिन्, ‘कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसा’बको जम्बो टोली मेयरले करारमा नियुक्ति गर्नु भएको छ । जसको प्रशासनिक खर्च वार्षिक लाखौं हुन्छ ।

महानगरले बिदामा बस्न भनेको र काममा आउँदा काम गर्ने वातावरण नरहेको बताउँदै उनले मेयर शाहबाटै पनि असहयोग भएको आक्षेप लगाएकी थिइन् ।

चुनावको समयमा परिदृश्यमा रहेर बालेनलाई सहयोग गर्नेहरुमध्ये केही अहिले पनि मेयर शाहको सचिवालयमा छन् । कतिपय नयाँ व्यक्तिहरु पनि उनको सचिवालयमा छन् ।

१२ जना वैतनिक र १४ जना अवैतनिक कर्मचारी तथा सल्लाहकारसहित मेयर शाहको सचिवालयले काम गरिरहेको छ । महानगरपालिकाको नियुक्तिमा यीनै २६ जनाले काम गरिरहेका छन् ।

 

सचिवालयका कर्मचारी

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुने वित्तिकै शाहले भुपदेव शाहलाई आफ्नो स्वकीय सचिवका रुपमा करारमा नियुक्त गरेका थिए । मेयर शाहको चुनावी अभियानका क्रममा पनि नेपथ्यमा रहेर काम गरिरहेका व्यक्ति हुन् उनी ।

महानगरले उपलब्ध गराएको विवरणका अनुसार मेयर शाहको निजी सचिवालयमा कार्यरत शाह २०७९ जेठ १८ गतेबाट सेवामा छन् । अधिकृत सातौं तहको सेवामा नियुक्त रहेका भुपदेवले २०७९ साउन १ बाट लागू भएको नयाँ तलबमानअनुसार मासिक ४५ हजार ८५१ रुपैयाँको सुरुवाती तलब स्केलअनुसारको सुविधा पाइरहेका छन् ।

शाहलाई नियुक्त गरिएको केही अवघिपछि २०७९ असार ३ गते मेयर शाहको स्वकीय सहायकका रुपमा नबिन भण्डारीलाई नियुक्त गरिएको थियो । पाचौं तहको कर्मचारीका रुपमा रहेका उनले मासिक ३४ हजार ७३० रुपैयाँको तलब सुविधा पाइरहेका छन् ।

त्यस्तै, छैटौं तहमा मेयर शाहको निजी सचिवालयमा फोटोग्राफर पदका लागि नियुक्त भएका विनय शाक्यको मासिक तलब सुविधा ४३ हजार ६८९ रुपैयाँ रहेको छ ।

शाहको सचिवालयमा हलुका सवारी चालक महेश भण्डारी नियुक्त छन् । उनी श्रेणीविहीन कर्मचारी हुन् । सरकारी नियमअनुसार उनको तलब सुविधा २७ हजार ६१२ देखि ३९ हजार ८१३ मध्येमा रहन्छ । उनलाई नियुक्त गरिएको मितिबारे पनि महानगरले कुनै जानकारी उपलब्ध गराएको छैन ।

त्यस्तै, मेयर शाहको सरकारी निवासमा कार्यालय सहयोगीका रुपमा पार्वती ओली र रेणुका गुरुङ कार्यरत रहेका छन् । दुवैलाई क्रमशः गत मंसिर ११ र २० गते करारमा नियुक्त गरिएको हो । कार्यालय सहयोगी पदमा प्रथम स्तरका कर्मचारी रहेका उनीहरुको तलब सुविधा हेर्ने हो भने सरकारी तलबमानअनुसार २४ हजार ७०२ रुपैयाँ रहेको छ ।

अवैतनिक सल्लाहकारमा कुमार बेनदेखि सेफ सन्तोष शाहसम्म

मेयर शाहका अवैतनिक सल्लाहकारका रुपमा भने १४ जनालाई राखिएको छ ।

महानगरले उपलब्ध गराएको विवरणअनुसार विभिन्न समयमा गरिएका प्रमुख स्तरीय निर्णयअनुसार १४ जनालाई अवैतनिक सल्लाहकारका रुपमा नियुक्त गरिएको छ ।

मेयर शाहको सल्लाहकारका रुपमा नियुक्त भएकाहरुमा सबैभन्दा धेरै खाद्य क्षेत्रका रहेका छन् । अनुष्का श्रेष्ठ, जीवन प्रभा लामा र सन्तोष गिरीलाई खाद्य क्षेत्रमा सल्लाहकारका रुपमा राखिएको छ भने सेफ सन्तोष शाह खाद्य दुतका रुपमा रहेका छन्।

त्यस्तै, पूर्वधारको क्षेत्रमा सुनिल लम्साल र जीवन अर्याल सल्लाहकार रहेका छन् । स्वास्थ्यमा डा. विशाल ज्ञवाली र डा. जगदीश प्रसाद अग्रवाल, जलस्रोतमा दीपक ज्ञवाली, सम्पदामा यादवलाल कायस्थ, ट्राफिकमा जगतमान श्रेष्ठ र सचिवालायमा सस्मित पोखरेल सल्लाहकारका रुपमा रहेका छन् ।

मेयर शाहसँग उनले चुनावमा उठ्ने घोषणा गरेदेखि नै प्रत्यक्षरुपमा जोडिएका कुमार व्यञ्जनकार (कुमार बेन) भने व्यवस्थापनमा सल्लाहकारका रुपमा नियुक्त रहेका छन् ।

कानुनी सल्लाहकारको जम्बो टोलीः मासिक तलब ४५ हजार र २० लिटर पेट्रोल, एउटा कामको १५ सय

महानगरले उपलब्ध गराएको विवरणमा पनि त्यस्तै देखिन्छ । शाहले महानगरमा कानुनी सल्लाहकारका रुपमा ५ जनालाई नियुक्त गरेका छन् ।

 

महानगरमा कानुनी सल्लाहकारका रुपमा ओम प्रकाश अर्याल, दिना श्रेष्ठ, शंकर प्रसाद पुडासैनी, महेश कुमार नेपाल र कुमारी खरेल नियुक्त रहेका छन् ।

यी पाँचै जना कानुनी सल्लाहकारहरुलाई महानगरले मासिक रुपमा ४५ हजार रुपैयाँ तलब सुविधा दिने गरेको छ । त्यस्तै, २० लिटर पेट्रोल पनि महानगरले मासिक उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

बैशाख ०९, २०८२

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस