समाचार

विशाल र गोल्यान ग्रुपले दुर्गा प्रसाईकाे हत्या गर्न विहारबाट सार्प सुटर ल्याएकाे खुलासा


erastriya मंगलबार, फागुन २९, २०८०

काठमाडौं– विशाल र गोल्यान ग्रुपका सञ्चालकले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको हत्या गर्न भारतको विहारबाट सार्प सुटर मगाएको पाइएको छ।

विशाल र गोल्यान ग्रुपका सञ्चालकहरुले प्रसाईको हत्या गर्ने योजनाका साथ वीरगञ्ज नाका हुँदै विहारबाट सार्प सुटर नेपाल भित्राएको सूचना बाहिरिएको हो। उनीहरुले ठुलो रकम खर्चिएर प्रसाईको हत्याका लागि सार्प सुटर नेपाल भित्राएको सूचना पाइएको छ। उनीहरुले प्रसाईको हत्याका लागि वीरगञ्जका मारवाडी समुदायमार्फत सार्प सुटर नेपाल ल्याएको पाइएको हो।

यस विषयमा प्रहरी पनि जानकारी भएको र अहिले सरकारमा सहभागि केही मन्त्रीहरु विशाल र गोल्यान ग्रुपसँग साँठगाँठ भएको पनि समेत विशाल र गोल्यान ग्रुपमै काम गर्ने केही कर्मचारीले जानकारी दिएको पाइएको छ । ती कर्मचारीका अनुुसार दुवै ग्रुपले प्रसाईको हत्याका लागि सार्प सुटर भारतबाट नेपाल भित्राएका छन्।

माथिका कुराहरु गर्दै गरिब र पिडीत जनताको आवाज बोलीरहेको मेरो आफनो हत्या गर्ने गरी गोल्यान र विशाल ग्रुपले सार्प सुटर मगाएको आफुले सूचना पाएको प्रसाईले जानकारी दिए। वीरगञ्ज हुँदै उनीहरुले भारतबाट सार्प सुटर मगाएको सूचना पाइएको उनको भनाइ छ।

विशाल समूहका अध्यक्ष अनुज अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन्। उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन्। स्रोतका अनुसार नक्कली भ्याट विल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० फर्ममा विशाल समूहका अन्य फर्म पनि छन्।

एनआईसी बैंकले पछिल्लो समय नक्कली नोट, भारतीय नक्कली नोटको तस्करी र अन्य क्षेत्रमा समेत तस्करी गर्दै आएका छन्। उनीहरुको तस्करीका बारेमा आवाज उठाउँदै आएका प्रसाईको हत्या गर्न भारतको विहारबाट विशाल ग्रुपले सार्प सुटर नेपाल ल्याएको प्रसाईको तर्क छ ।

प्रसाईले विशाल ग्रुपको विकृत्ति र एनआईसी बैंकले गर्दै आएको लुटका बारेमा विरोध गदैै आएका छन्।

यस्तै, गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले साना किसानलाई अग्र्यानिक तथा विषादिरहित खेती गर्ने भन्दै सरकारी अनुदान खाँदै आएका छन् । उनले माटोकाे नाममा पनि बैंकको अबौं पैसा दुरुपयोग गरेको आरोप छ। गरिब किसानहरुका लागि भनेर नीतिगत व्यवस्था भएपनि सरकारबाट दिने कृषि अनुदानको लोन गोल्यानले एक्लैले २ अरब भन्दा बढी लिएको प्रसाईको दावी छ । प्रसाई पछिल्लो समय उनले सरकारी पैसा र कृषिका नाममा पैसा दुृरुपयोग गरेको खुलासा गर्दै आएका छन्।

भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन्। डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो। वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आफ्नो वेबसाइटमा गरेका छन्। ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० फर्ममा गोल्यानका अन्य फर्महरु पनि छन्। यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन्।

उनले नेपालीलाई झुक्याएर पैसा कमाएको र उनको तस्करको बारेमा प्रसाईले आवाज उठाउँदै आएका छन्। नेपालको पैसाजति ५५ जना व्यापारीको हातमा छ। यति मात्र होइन यो देशमा केही मारवाडी व्यापारीले अर्थतन्त्रमा कब्जा जमाएको ,प्रसाईले आरोप लगाउँदै आएका छन्।

बैंक, सहकारी, लघुबित्त र इन्स्योरेन्सहरु १० जना नेता र ५५ जना व्यापारीहरुले चलाएको पनि प्रसाईले बताउँदै आएका छन्। ५५ जना भित्र विशाल र गोल्यान ग्रुप पनि मुख्य हुन्। प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका थिए।

यस विषयमा जानकारी लिन खोज्दा गोल्यान र विशाल ग्रुपका सञ्चालक सम्पर्कमा आएनन्। हामीले यस विषयमा कुराकानी गर्न पटक–पटक सम्पर्क गरेपनि उनीहरु मूलपत्रसँग सम्पर्कमा आएनन। दुर्गा प्रसाईले दिएको सूचनाको आधारमा यो समाचार तयार पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…