समाचार

सुईको नपाउने गरी गगन थापा लुसुक्क प्रचण्ड भेट्न बालुवाटार पुगे


erastriya आइतबार, फागुन २७, २०८०

शनिबार साँझ कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीसँग भेट्नका लागि समय मागे । हिजोसम्मको सत्ता सहयात्री दलका प्रभावशाली नेताको टिमले भेट्न खोजेपछि उनले तत्कालै आउनुस् समेत भन्न सकेनन् । 

सत्ता घटक प्रमुख दुइ दल नेकपा एमाले र माओवादीबीचको सत्तागठबन्धन धेरै समय नटिक्ने हल्ला चलिरहँदा माओवादी अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड दुई दल बिच अविश्वास हुने गरी कुनै पनि गतिविधि नगर्ने मनस्थितिमा पुगेको त्यसक्रममा बालुवाटारमा रहेका माओवादी नेताहरुले महसुस गरे ।

एक प्रत्यक्षदर्शीका अनुसार गगन थापा लगायतले प्रधानमन्त्रीसँग भेट गर्न आउन लागेको भन्दै टेलिफोन गरेपछि उनले सल्लाह गरेर मात्रै निर्णय गर्ने जवाफ दिएका थिए । लगत्तै प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर कांग्रेस महामन्त्रीसहित नेताहरु आफूलाई भेट्न आउन चाहेको बताएका थिए ।

त्यसबेला बालुवाटारमै रहेका एक नेताका अनुसार ओलीले हुन्छ भनेपछि मात्रै प्रधानमन्त्रीले भेट्न आउनका लागि समय दिएका थिए । महामन्त्री थापाले प्रधानमन्त्रीसँग यसबीचमा भेट भइसकेको पुष्टि गरे । स्रोतकाअनुसार ओलीसँग अनुमति लिएपछि प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमै कांग्रेस महामन्त्री थापा र मुख्य सचेतक रमेश लेखकसँग भेट गरेका थिए । नेताहरूबीचको भेटमा घोचपेच चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…