राजनीति

छुट्टै मधेश राज्य चाहिन्छ भन्ने राजेन्द्र महतोले सुरू गरे आन्दोलन


erastriya शनिबार, फागुन २६, २०८०

जनकपुर । महतो यो आन्दोलन सुरु गर्नु भन्दा पहिले भारत काे आशीर्वाद लिएर आइसकेका छन्। सत्ता काे लागि मधेस का जनता लाई पटक पटक प्रयोग गरेर मन्त्री पड्काउने महतो अहिले सत्ता बाहिर हुँदा छटपटी चलिरहेको छ। भाषणमा भनें महतोले देशको लागि लागिरहेको भन्छन। बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निमित्त आज जनकपुरधामको उद्योग वाणिज्य संघको सभाहलमा “बृहत् सम्वादात्मक कार्यक्रम” मधेश ब्युरोको आयोजनामा समपन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र महतोले अव मधेशीले मधेशवाद देखि स्वदेशवादसम्मको यात्रा तय गर्ने बताउनु भयो। जनकपुर सदियौंदेखि शक्तिको केन्द्र थियो र रहिरहने बताउनु भयो।

३ करोड नेपाली जनता र विभिन्न राष्ट्रियताका नेपाली जनताले गर्व र सम्मान गर्ने खालको बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने अभियानमा आफु लागिपरेको बताए। त्यसैगरी कार्यक्रममा दर्शनशास्त्री तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले उदारवाद र मार्क्सवादले हाम्रो सभ्यता र संस्कृति मात्रै नभै जिवन र जगत दुवै संकटमा रहेको बताए।एकैसौं सताब्दीको वैश्वीक राजनीति सभ्यताको र स्थानीय राजनीति जातिको हुने भएकोले यस वेभको राजनीतिक लाभ उठाउन हामी चुक्न नहुने बताए।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले हामी मधेशीहरु सधैं एक्लै लड्यौं र शासकवर्गले आदिवासी जनजातिसंग एक हुन नदिने खालको भास्य निर्माण गरेर डिभाइड एन्ड रुलको पोलिसि अपनाएर हामीलाई कमजोर बनायो त्यसकारण यस देशमा रहेका सवै उत्पीडित जातजाति र समुदायहरु एक भएर संघर्ष गर्नुको विकल्प नरहेको बताए । नेपाल एकल राष्ट्रिय राज्य नभै बहुलराष्ट्रिय राज्य भएकोले राष्ट्रिय मुक्ति क्रान्ति सवै नेपालीको निम्ति अपरिहार्य र अनिवार्य रहेको बताए।

कार्यक्रममा पुर्वमन्त्री तथा सम्विधानसभा सदस्य राम नरेश राय, राजिव झा, सि. एन थारु, सुमन सायमी, रविन्द्र श्रेष्ठ , कमला गुरुङ, आर के तामाङ, बुद्धिजिवि महारुद्र झा, डा. विनोद साह, पवन मण्डल, विभिन्न जिल्लाबाट आएका नेताहरु सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी , दिपेन्द्र चौधरी , कौशल सिंह, राम ज्ञान् मण्डल , दिपक यादव, रमन पाण्डे, विनोद साह, रामबाबु कलवार, नेजामुदिन समानिहरुले आफ्नो मन्तव्य राखेका थिए।कार्यक्रमको संचालन संजय चौधरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

२७ मिनेट अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

५० मिनेट अघि

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

२१ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

ताजा अपडेट

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …