अन्तर्राष्ट्रिय

माल्दिभ्स भारतलाई घुँडा टेकाउन सफल भारतिय सेना भोलि फिर्ता हुँदै


erastriya शनिबार, फागुन २६, २०८०

काठमाण्डौ – भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोक्नुभएको छ ।

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गरेको बताउने गरेको छ । तर गएको नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय गर्नुभएको हो ।

अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने सहमति भएको छ । माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिने भएकोले भारतले माल्दिभ्समा लामो समयदेखि प्रभाव राख्दै आएको छ । दुई देशबीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्ला केही महिनायता सम्बन्ध बिग्रिएको हो ।

यही हप्ता माल्दिभ्स सरकारले चीनसँग सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेको छ । यसले पाँच लाख भन्दा केही बढी मात्रै जनसङ्ख्या भएको माल्दिभ्समा एसियाली शक्तिराष्ट्रहरूको प्रतिस्पर्धामा फस्ने जोखिम बढेको विश्लेषकहरुले बताएको बीबीसीले जनाएको छ ।

चीनले भने माल्दिभ्समा आफ्नो कुनै पनि दीर्घकालीन सैन्य स्वार्थ र योजना नरहेको दाबी गर्दै आएको छ । अत्यावश्यक खाद्यवस्तु,औषधि र निर्माण सामग्री आयातका लागि माल्दिभ्स भारतमा निर्भर छ । माल्दिभ्समा सबैभन्दा धेरै पर्यटक भारतबाट नै जाने गरेका थिए । तर दुई देशबीचको सम्बन्ध बिग्रिएसँगै भारतीय पर्यटकको सङ्ख्या घटेको छ ।

पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार यो वर्षको पहिलो दुई महिनामा माल्दिभ्स भ्रमण गरेका झण्डै चार लाख पर्यटकमध्ये १३ प्रतिशत चिनियाँ रहेका छन् । भारत भने पाँचौँ स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…

  • दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मानिएको रेडपाण्डा

    दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मान…

  • गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

    गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्…