राजनीति

एमाले भित्र पूर्व माओवादी को हरिबिजोग


erastriya बिहीबार, जेठ २५, २०८०

नेकपा एमालेभित्र पूर्व माओवादी भँगालो कमजोर हुन पुगेको छ । एकपछि अर्को गर्दै एमालेमा सहभागी भएका माओवादी धारका नेताहरू पाखा लाग्न थालेपछि उपस्थित कमजोर भएको हो ।

पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरी सकेको छ । पार्टी स्थायी समिति सदस्य प्रभु साहले अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरीसकेका छन् । अर्का स्थायी समिति सदस्य मणि थापा बिदा बस्ने भन्दै पत्र लेखेर विप्लव नेतृत्वको नेकपामा जान छलफल चलाई रहेका छन् । 

पार्टीमा भएका उपाध्यक्ष रामबहादुर थापालाई कुटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र कृषि तथा उद्यमशीलता सम्बन्धी विभागहरू हेर्ने जिम्मेवारी दिएको छ । जुन पार्टीको महत्त्वपूर्ण विभाग मानिँदैन । थापाको जनमत बलियो नभएकाले पार्टीले उनलाई  महत्त्व दिएको छैन । 

अर्का पार्टी सचिव लेखराज भट्टलाई कर्णाली प्रदेशको इन्चार्ज बनाएर महत्त्व दिएको छ । उनी चुनावमा पराजित भए पनि पार्टीका महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । पहिला सुदूरपश्चिम प्रदेशका इन्चार्ज थिए भने अहिले कर्णाली प्रदेशको इन्चार्ज बनाएको छ । 

माओवादीबाट एमाले सङ्घीय सांसदका पाँच जना र सात प्रदेशबाट १४ जना प्रदेश सांसद प्रवेश गरेका थिए । एमालेले सङ्घीय चुनावमा १० भन्दा बढी माओवादी धारका नेतालाई टिकट दिए पनि रायमाझी र ज्वालाकुमारी साहले मात्रै चुनाव जितेका थिए । रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि साह मात्रै एक्ली हुन पुगेकी छन् । अहिले ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको छ । साह पार्टी छोडिसकेका छन् भने रायमाझी निलम्बनमा परेका छन् । थापा पार्टी छोड्ने तयारीमा छन् । 

अब माओवादी धारबाट एमालेमा २९ जना मात्रै केन्द्रीय सदस्य बाँकी रहने भएका छन् । एमालेभित्र माओवादी धारलाई निरुत्साहित बनाएपछि बिस्तारै कमजोर हुन थालेका छन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

१ दिन अघि

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

१ दिन अघि

कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड
कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड

जेठ १४, २०८२

पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन
पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन

जेठ १४, २०८२

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…