कानुन

रबि लामिछाने गृहमन्त्री भएको 12 घन्टामा जिबि राई सिँगापुर बाट पक्राउ


erastriya बिहीबार, फागुन २४, २०८०

काठमाडौं । फरार रहेका सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु राई(जीबी) सिङ्गापुर बाट पक्राऊ परेका छन्।

अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलबाट राईविरुद्ध रेड नोटिस जारी भएको थियो। माघ १३ गते राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो।

राईलाई सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोप छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष र मालिक हुन् । राईको टेलिभिजनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि तत्कालीन पार्टनर हुन् । लामिछाने पनि सहकारी काण्डमा मुछिएका छन् ।

डिफ्युजन नोटिशको आधारमा राई मलेशियामा लोकेट भएका थिए तर सिङ्गापुर मा लुकेर बसेको अवस्था मा समाते। मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल व्यूरो (एनसिबी)ले रेड नोटिस जारी गर्न इन्टरपोल महासचिवालयलाई पत्राचार गरेको थियो ।

प्रहरीले राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपियाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

राईले सहकारी समस्याग्रस्त भएपछि बाजेको सेकुवाका संचालक चेतन भण्डारी र भेपदेखि मल तस्करमा मुछिएका पवनकुमार साहको कम्पनी चेनी क्यापिटललाई ललितपुरको भैसेपाटीस्थित २३ रोपनी ७ आना जग्गा बिक्री गरेका छन् । जुन जग्गा बचतकर्ताको रकम अपचलन गरी जीबीले खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद
पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद

साउन १७, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति