संसदमा दर्ता भयाे निजामती सेवा विधेयक : कर्मचारीले दलको सदस्यता लिए साेझै बर्खास्त
निजामती कर्मचारीले राजनीतिक दलको सदस्यता लिएमा सेवाबाट बर्खास्त गर्ने प्रावधानसहितको निजामती विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ ।
विधेयकको दफा १०० को ‘क’ मा राजनीतिक दल, राजनीतिक दलको भ्रातृ सङ्गठन, राजनीतिक दलको जनवर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध पेसागत सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा पदबाट हटाइने वा बर्खास्त गरिने भनिएको छ ।
हेर्नुहोस्
प्रतिकिर्या