राजनीति

एमाले नेता मणि थापा नेकपामा प्रवेश गर्ने तयारी


erastriya बुधबार, जेठ २४, २०८०

नेकपा एमालेका नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टीमा हाल पत्र लेखेर बिदामा बसेका थापाले नेकपामा प्रवेश गर्न छलफल सुरु गरेका हुन् । एमाले स्थायी समिति सदस्य समेत रहेका थापा आफ्ना पुराना सहकर्मी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने योजनामा रहेको बताइएको छ । 

थापा केही समयअघि कम्युनिस्ट विचार बोक्ने कलाकर्मीहरूले आयोजना गरेको राष्ट्रका लागि सङ्गीत अभियानमा सहभागी देशभर घुमेका थिए । त्यो अवधिमा उनी एमालेका बैठकमा सहभागी नभई पूर्ण रूपमा निष्क्रिय भई बसेर सांस्कृतिक कार्यक्रममा मात्रै सहभागी भएका थिए । सांस्कृतिक कार्यक्रम सकिएपछि उनले पार्टीलाई पत्र लेखेर बिदामा बसेको जानकारी गराएका थिए ।

त्यसपछि थापालाई पार्टीले कुनै जिम्मेवारी नदिई स्थायी समितिमा मात्रै राखेको छ । ‘हाम्रो पार्टीमा प्रवेश गर्न जिएसले छलफल गरी रहनुभएको छ । उहाँ (मणि थापा) पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ’ विप्लव नेतृत्वको नेकपा एक नेताले भने, ‘कुन जिम्मेवारी दिने र कहिले प्रवेश गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।’ अधिकांश पुराना सहकर्मी नेकपामै भएकाले एमाले छोड्ने तयारी गरेको ती नेताले बताए ।

एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा उनलाई  स्थायी समिति सदस्यको जिम्मेवारी दिइएको थियो । एमालेमा चित्त बुझ्दो अवसर नपाएपछि थापा पछिल्लो समय असन्तुष्ट थिए । पछिल्लो समय उनी विप्लव नेतृत्वको नेकपा रोज्ने अवस्थामा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

१६ घण्टा अघि

सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला
सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

२० घण्टा अघि

रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ
रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

असार १४, २०८२

म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली
म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

असार १४, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…