काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट हेलमेट चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका संजय थापा मगर छन् । अदालतको गेटबाट लगातार नयाँ नयाँ छानेर हेलमेट चोरी भएपछि ‘एम्बुसिङ’ गरेर आरोपीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँको सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । आरोपीले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गरेका हुन् । चोरेको हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको उनले प्रहरीलाई बताएका छन् । चोरेको हेलमेट १ हजार देखी १५ सयमा बेच्ने गरेको खुलेको छ।
अदालतको गेटबाट विगत चार–पाँच महिनादेखि दैनिक हेलमेट चोरी हुने गरेको सूचना अधिकारी बताए । आरोपी थापा मगरलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको छ ।
प्रतिकिर्या