समाचार

एकैदिन चीनको सिचुआन एयरलाइन्सले दुईवटा छेङ्दु-पोखरा उडान गर्ने


erastriya बुधबार, जेठ २४, २०८०

काठमाडौं। संचालनमा आएको ६ महीनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ। चीनको सिचुआन एयरलाइन्सले छेङ्दु-पोखरामा दुईवटा चार्टर उडानको प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

 ‘यो कम्पनीले न्यारोबडी जहाजमार्फत दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ।  सिचुवान एयरलाइन्सको नेपालका लागि आधिकारिक टिकट बिक्रेता कम्पनी सोसाइटी इन्टरनेसनल रहेको छ।

गत जनवरी १ तारिखबाट संचालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।प्राधिकरणका अनुसार यो विमानस्थलबाट नियमित उडान गर्नका लागि हिमालय एयरलाइन्स, जजिरा एयरवेज, सिचुआन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले नियमित उडानका लागि सम्भावित अध्ययन गर्दै आएका छन्।

निजी वायुसेवा कम्‍पनी बुद्ध एयरले यो विमानस्थलबाट भारतको विभिन्न सहरमा नियमित उडानका लागि प्रक्रिया नै सुरु गरिसकेको छ।   

                      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

९ घण्टा अघि

शौचालयमा लडेर युवकको मृत्यु
शौचालयमा लडेर युवकको मृत्यु

९ घण्टा अघि

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

१० घण्टा अघि

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

१० घण्टा अघि

ताजा अपडेट

  • नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

  • रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

    रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

  • नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

    नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

  • रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

    रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

  • ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

    ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

  • कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

    कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

  • शौचालयमा लडेर युवकको मृत्यु

    शौचालयमा लडेर युवकको मृत्यु

  • महाभारतमा बृहत् स्वास्थ्य शिविर

    महाभारतमा बृहत् स्वास्थ्य शिविर