समाचार

बाटो नछोडेको झोकमा पारस शाहले कन्चटमा ताके पेस्तोल


erastriya मंगलबार, फागुन १५, २०८०

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता ११ दिन परिवारसहित चितवनमा ‘भ्याकेसन’ मनाए । चितवन राष्ट्रिय निकुञ्ज घुमघामदेखि देवघाट दर्शनसम् मगर्न भ्याएका पूर्वराजपरिवारको १८ जनाको जम्बो टोली गत शुक्रबार काठमाडौँ फर्किसकेको छ । पूर्वराजाको चितवन बसाई नितान्त पारिवारिक थियो । पूर्वरानी कोमल राज्यलक्ष्मी राणाको जन्मदिवससमेत यतै मनाएर पूर्वराजपरिवार काठमाडौं फर्किएको हो । तर, चितवनमा भने पूर्वराजपरिवारका एक सदस्यको नाम जोडेर बेग्लै विवादको प्रवाह भइरहेको छ ।

 

विवादमा पर्ने अरु कोही नभएर पूर्वयुवराज पारस हुन् । पूर्वराजापरिवारको भ्रमण दलमा पारससमेत सहभागी रहेको बताइएको छ । यद्यपि, आमाको जन्मोत्सवका तस्बिरमा उनी देखिएका छैनन् । बरु पारसले चितवनको एउटा विद्यालयको स्कूल बसलाई पेस्तोल ताकेको आरोप विद्यार्थीका अभिभावकले लगाएका छन् ।

 

चितवनको भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत बुधबार सधैँजस्तो आफ्ना विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेको थियो । सोही नगरपालिकाको वडा नम्बर ८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडि कालो रंगमा आइरहेको गाडी रोकियो । गाडीले प्याँप्याँ हर्न बजायो । गाडी घुमाउन अलिबेर लागेपछि एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किए । उनले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ । उनी पारस शाह नै भएको ठोकुवा समेत गरिएको छ ।

 

सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) का बागमती प्रदेश कार्यसमिति सदस्य अनिल अधिकारीले फेसबुकमा घटनालाई गुपचुप राख्न खोजिएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘चितवनको सनराइज स्कूलको विद्यार्थी बोकिरहेको स्कूल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दूक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कूलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भाबेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार, नेताहरू जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु । केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ । सनराइज स्कूलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ । उनीहरू सबै बोल्न डराइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेसँग नेपाल प्रेसले जिज्ञासा राख्दा उनले घटनामा संलग्न व्यक्ति पारस शाह नै हुन् भन्ने एकिन नभएको बताए ।

‘विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ । कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाएछन् । त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पिस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन् ।’

उनले यसबारेमा जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताए । उनले भने, ‘हामीले घटनाबारे सबै जानकारी प्रहरीलाई गराइसकेका छौँ । यसबारेमा हामीले भन्दा पनि प्रहरीको अनुसन्धानबाट थाहा होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

बैशाख ०९, २०८२

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस