कानुन

२० अर्ब हिनामिना प्रकरणमा पक्राउ परे मनोज न्यौपाने


erastriya मंगलबार, फागुन १५, २०८०

तत्कालिन सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने सहित १० जनालाई पक्राउ गरेको हो ।

 

बैंकको कर्जा पैसा दुरुपयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनी र पक्राउ परेकाहरुमाथि करोडौ बराबरको रकम हिनामिना गरेको स्रोतको दाबी छ ।

 

२०७८ असारमा बैंकको सीइओ बनेका उनी सीइओ हुँदा खेरि नै विवादमा परेका थिए। सिनियर म्यानेजरबाट ५ तह बढुवा भएर उनी एकै पटक बैंकको सीइओ बनेका थिए । 

 

उनी माथि कमशल धितो राखेर कर्जा दिएको, र धितो नै नराखी कर्जा दिएको लगायतका आरोप लागेको छ । यस कार्यमा बैंकका संचालक समितिका सदस्य र कर्जा विभागका कर्मचारी समेत संलग्न रहेको बताईन्छ। राष्ट्र बैंकका कर्मचारीले २ करोड लिएर उनलाई सफाई दिएको आरोप पनि लागेको छ । 

 

हाल उनी प्रभु बैंकका डेपुटी सीइओ छन् । नाता नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भान्जा तथा तत्कालिन डेपुटी गभर्नरका ज्वाई पर्ने उनी बठ्याइ गरेरै बैंकको डेपुटी सीइओ बनेको स्रोत बताउछ। 

 

यस प्रकरणमा तत्कालिन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, र हालको प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी लगायत पनि पक्राउ परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद
पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद

साउन १७, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति