कानुन

कार्यालय सहयोगी लाई मुद्धा, हाकिमलाई उन्मुक्ति


erastriya सोमबार, फागुन १४, २०८०

काठमाडौँ । काठमाडाैँकाे जीतपुरफेदीका विक्रम तिवारीले नेपाल पर्यटन बोर्डमा २०६६ सालमा कार्यालय सहयोगीका रुपमा काम सुरु गरे । उनले बोर्डमा दैनिक ज्यालादारी श्रमिकका रुपमा अस्थायी नियुक्ति पाएका थिए ।

जागिरको सुरुवात गर्दा उनलाई कुनै शैक्षिक योग्यताको प्रमाणपत्र माग गरिएको थिएन । तर, २०६८ सालपछि उनलाई करारमा राख्ने भन्दै एसएलसीको प्रमाण पत्र माग गरियो । खाइरहेको जागिर लम्बिने भएपछि सामान्य लेखपढ मात्रै गर्न जानेका तिवारीले एसएलसीको नक्कली प्रमाण पत्र बनाएर जागिर लम्ब्याउने सोच बनाए ।

काठमाडौँस्थित गोंगबुको श्री कामना उच्च माध्यमिक विद्यालयबाट उनले एसएलसी पास गरेको भन्ने एक फर्जी प्रमाणपत्र बनाए र बोर्डमा पेश गरे । तर, केही वर्षपछि उनले पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी पर्यो ।

आयोगले उनको कागजात अध्ययन गर्दा नक्कली प्रमाणपत्र पेश गरेर सार्वजनिक पदमा नियुक्ति लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गर्यो ।

२०७४ मंसिर २९ गते विशेष अदालतले नक्कली कागजात बनाएर सरकारी सेवा सुबिधा लिएको कसुरमा तिवारीलाई भ्रष्टाचार कसुर ठहर गर्दै १० हजार जरिवाना र ६ महिना कैद सुजाय सुनायो ।

विशेष अदालतको फैसलाविरुद्ध तिवारीले सर्वोच्चमा रिट दायर गरेको सिधाकुरासँग बताएका छन् । तर,उनकै जस्तो नक्कली कागजात बनाएर उच्च पदमा कार्यरत बोर्डकै वरिष्ठ प्रबन्धक र प्रमुख बजार व्यवस्थापकसमेत रहेका लक्ष्मण गौतमलाई भने अख्तियारले क्लिन चीट दिएको खुलेको छ ।

यस्तो थियो गौतमको किर्ते

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक र प्रमुख बजार व्यवस्थापक अधिकृत लक्ष्मण गौतमले फर्जी कागजात बनाएर १५ वर्षदेखि बोर्डमा जागिर खाइरहेको सिधाकुराले खुलासा गरेको थियो ।

बोर्डमा कार्यरत गौतमले बोर्डको अधिकृत हुन आवश्यक योग्यता नपुगेकै अवस्थामा उनले फर्जी अनुभवको कागजात बनाएर पेश गरेको र सोकै आधारमा उनी बोर्डमा नियुक्त भएको सिधाकुराले फेला पारेको थियो ।

२०६५ सालमा बोर्डको अधिकृत बन्न गौतमले ठमेलको कञ्चन टुर्स एण्ड ट्राभल्समा २ वर्ष काम गरेको अनुभवको प्रमाण पत्र पेश गरेका थिए ।

सो अनुभवको पत्रका आधारमा गौतम बोर्डमा नियुक्त पनि भए । तर, सो पत्रमा उल्लेख गरिएको गौतमले काम सुरुवात गरेको मितिमा उक्त ट्राभल्स कम्पनी नै नखुलेको भेटिएको छ । प्राप्त कागजातअनुसार गौतमले जुन मितिदेखि ट्राभल्समा काम गरेको भनेका छन् सो मितिको ८ महिनापछि मात्रै उक्त ट्राभल्स कम्पनी दर्ता भएको देखिन्छ ।

पर्यटन बोर्डमा गौतमले कञ्चन ट्राभल्स एण्ड टुर्समा २ वर्ष २ महिना काम गरेको अनुभवको सिफारिस पत्र पेश गरेका छन् । कञ्चन ट्राभल्सका कार्यकारी निर्देशक श्री प्रसाद बास्ताकोटीले सिफारिस गरेको अनुभवको कागजातअनुसार गौतमले ट्राभल्समा २०५६ पुस १८ गते देखि २०५८ पुससम्म काम गरेको देखिन्छ । तर, सिधाकुरालाई प्राप्त विवरणअनुसार कञ्चन ट्राभल्स नामक उक्त कम्पनी २०५७ भदौ २१ गते मात्रै स्थापना भएको देखिन्छ ।

योग्यता नपुगेपछि फर्जी कागज

नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली २०६४ को विनियम ६ को उपविनियम (३) (ङ) मा म्यानेजर अर्थात प्रबन्धक पदका लागि आवश्यक पर्ने योग्यता स्पष्ट छ । जसअनुसार प्रबन्धक पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा सो विश्वविद्यालयबाट मान्यता प्राप्त अन्य शिक्षण संस्थाबाट स्नातकोत्तर स्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्छ ।

यही प्रावधानअनुसार बोर्डमा नियुक्त हुन गौतमले कञ्चन ट्राभल्स कम्पनीको नक्कली कागजात पेश गरेको र सोही आधारमा नियुक्ति लिइएको देखिन्छ ।

स्थापना नै नभएको ट्राभल्समा काम गरेको भन्दै उनले पेश गरेको अनुभवको कागजातकै आधारमा गौतम बोर्डमा अधिकृतको रुपमा नियुक्त भएको प्रष्ट हुन्छ । त्यसयता बोर्डमा १५ वर्ष बढी काम गरेर बढुवा हुँदै गौतम वरिष्ठ प्रबन्धकका साथै बजार व्यवस्थापकसम्म पुगेको देखिन्छ ।

अख्तियारको सफाइ

स्थापना नै नभएको कम्पनीमा काम गरेको कागजात पेश गरेर गौतमले नियुक्ति लिएको विषय बोर्डमा गत वर्ष नै सार्वजनिक भएको थियो । त्यसो त उनको फर्जी कागजबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि पर्यो । तर, अख्तियारले उनको मुद्दा तामेलीमा राख्दै कारबाहीको अधिकार बोर्डको कार्यकारीलाई सुम्पियो ।

अयोग्यताबारे आयोगमा परेको उजुरीबारे २०७९ असार १६ मा गौतमले के कसो भएको हो भनी निवेदन दिएका थिए । उनलाई अख्तियारले २७ असारमा लेखेको पत्रअनुसार ‘उजुरीबारे कार्यालय प्रमुखलाई नियमानुसार गर्नु भन्दै निवेदन तामेलीमा राखेर लागत कट्टा गरिएको उल्लेख छ ।’

बोर्डको कार्यकारीलाई यसबारे निर्णय गर्न अख्तियारले भने पनि तत्कालीन प्रमुख धनन्जय रेग्मीले उनलाई बचाएका थिए । तर, गौतमले अख्तियारबाटै आफूले सफाइ पाइसकेकै रुपमा यसलाई व्याख्या गरेका छन् ।

अख्तियार भन्छ ‘यो फर्जी हो’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी दर्ता नै नभई काम गरेको भनिनु र दर्ता गर्नुअघि कै मिति राखेर प्रमाणपत्र बनाइनु आफैँमा फर्जी रहेको बताएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले कुनै पनि कम्पनी दर्ता भएको मितिबाट मात्र उसले कर्मचारीलाई अनुभव पत्र प्रदान गर्न पाउने बताएका छन् । त्यस्तै उनले यदि कम्पनी दर्ता अघिकै मितिको प्रमाणपत्र पेश गरेको भए त्यो स्वत फर्जी हुने बताए । ‘जबकी कम्पनी नै कानुनी रुपमा दर्ता भएको छैन, त्यसले दर्ता भन्दा पहिलै काम गरेको भनेर प्रमाणपत्र कहाँ दिन पाउँछ ?’, उनले थपे, ‘यदि कसैले त्यस्तो प्रमाणपत्र पेश गरेर सरकारी वा सार्वजनिक पदमा नियुक्ती लिएको छ भने त्यो फर्जी हो ।’

के भन्छ कानुन ?

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ मा झुटा विवरण दिने व्यक्तिलाई हुने सजायबारे प्रस्ट पारिएको छ ।

उक्त दफाको उपदफा १ मा कुनै व्यक्तिले राष्ट्र सेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुटा विवरण दिएमा वा सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेश गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

तर, वरिष्ठ प्रबन्धक गौतमले आफ्नो योग्यता नै झुटो पेश गरेर १५ वर्ष भन्दा लामो समय देखि बेर्डमा काम गर्दा उनीमाथि भने कुनै कारबाही भएको छैन् ।

बोर्डकै कानुनभन्दा माथि हुन् गौतम ?

वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमलाई जे गर्नुपर्ने हो गर्न गराउन भन्दै अख्तियारले नेपाल पर्यटन बोर्डलाई काटेको पत्र बोर्डले बेवास्ता त गर्यो नै उसले आफ्नै विनियमावलीलाई समेत कुल्चिएर गौतमलाई बचाएको पाइएको छ ।

नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली, २०६४ को दफा ६२ मा कस्तो अवस्थामा कुनै पनि कर्मचारीलाई सेवाबाट हटाउने वा बरखास्त गर्ने भन्ने विषय उल्लेख छ ।

उक्त दफाको उपदफा २ (ग) मा, ‘नाम, थर, उमेर, ठेगाना, नागरिकता, योग्यता वा दिनुपर्ने व्यक्तिगत विवरण सम्बन्धमा कुनै झुठो जानकारी दिएमा त्यस्तो कर्मचारीलाई बोर्डको सेवाबाट बर्खास्त गर्न सकिनेछ,’ भनिएको छ । यो व्यवस्थाअनुसार अख्तियारको पत्रपछि बोर्डका कार्यकारी निर्देशकले गौतमलाई कारबाही गर्न सक्थे । तर, उनले प्रलोभनमा परेर गौतमलाई जोगाएको मात्रै नभई महत्वपूर्ण जिम्मेवारी दिएको समेत देखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद
पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद

साउन १७, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति