नेता राजेन्द्र महतो नयाँ पार्टी घोषणाको अन्तिम तयारीमा लागेका छन् । लोसपाका वरिष्ठ नेता रहेका उनी पछिल्लो समयमा लोसपा अध्यक्ष महन्थ ठाकुरसँग टाढिएका छन् । तत्कालीन जसपा विभाजनपछि ठाकुर, महतोलगायतले लोसपा गठन गरेका थिए ।
तर, ठाकुरको नेतृत्वमा पार्टीले गति लिन नसकेको भन्दै महतोले उनको आलोचना गर्दै आएका थिए । अब ठाकुर र महतो छुट्टिने चरणमा पुगेका हुन् ।
नयाँ पार्टी घोषणालगायतका विषयमा जानकारी दिन महतोले सोमबारका लागि पत्रकार सम्मेलन राखेका छन् । नेपालको वर्तमान राजनीतिक अवस्था र भावी राजनीतिक कार्यदिशासम्बन्धी पत्रकार सम्मेलन राखिएको महतोले जानकारी दिएका छन् । उनले थप कुरा पत्रकार सम्मेलनमै स्पष्ट हुने बताएका छन् ।
प्रतिकिर्या