अन्तर्राष्ट्रिय

अमेरिकी इतिहासकै खतरनाक जासुस रोबर्ट ह्यान्सन मृत फेला


erastriya मंगलबार, जेठ २३, २०८०

 अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् ।

एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले जनाएको छ । ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण पुष्टि हुन सकेको छैन ।

अमेरिकी जाँच एजेन्सी एफबीआईको एजेन्ट हुँदाहुँदै रुसको लागि जासुसी गरेको आरोप उनीमाथि थियो । १२ जनवरी १९७६मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनले करिब २० वर्षसम्म रुसको लागि जासुसी गरेका थिए । यो अवधिमा रुसले ह्यान्सनको खातामा १४ लाख डलरभन्दा बढी रकम ट्रान्सफर गरिदिएको र हिरा दिएको बीबीसीमा उल्लेख छ ।

सन् १९९४ मा एफबीआईले जासुस एल्डि्रच हेजेन एम्सलाई पक्राउ गरेपछि ह्यान्सनको पनि संलग्नता खुलेको थियो । यो कुराको पुष्टि भएपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

१ दिन अघि

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

मंसिर ०६, २०८१

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

मंसिर ०६, २०८१

काठमाडौँमा सात देशको कला प्रदर्शनी
काठमाडौँमा सात देशको कला प्रदर्शनी

मंसिर ०५, २०८१

ताजा अपडेट

  • अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

    अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

  • भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

    भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

  • चितवनमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

    चितवनमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

  • चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

    चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

  • प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

    प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

  • लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

    लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

    विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री