नेपाली राजनीतिको समिक्षा गर्नेहो भने नेपालमा जवजव कांग्रेस र एमाले नेतृत्वको सरकार आएको छ तवतव भ्रष्टाचारले प्रश्रय पाएको छ । राष्ट्रिय उद्योगधन्दाहरु बेचिएकाछन् र अर्थतन्त्रमा नकारात्मक असर देखिएको छ ।
बिश्वमा पहिचान देखाउन सक्ने मुलुक आर्थिकरुपमा त्यसै जर्जर भएको होईन । बिश्व समुदायमा गरिव मुलुकको सुचिमा सुचिकृत हुनु कसैको दोष बिना सम्भव नै हुंदैन, तर नेपाल बिगत ५० वर्षदेखि लगातार ओरालो लाग्ने क्रममा छ । बिशेषगरि पंचायतले जर्जर बनाएको मुलुकलाई आर्थिक सम्पन्नताको दिशामा लैजाने बिषयमा ४६ सालको आन्दोलनमा सहभागि धरैले अपेक्षा गरेका थिए । तर ४६ सालकोे जन आन्दोलन पछि जव जव कांग्रेसले सरकार चलाएको छ तव तव मुलुकमा भ्रष्टाचार र आर्थिक बिचलनले जरो गाडेको देखिएको छ । कांग्रेस नेतृत्वको सरकारले प्रजातन्त्र प्राप्ती लगत्तै लिएको निजीकरणको नितीले मुलुकका उद्योग कलकारखाना डुबाएको मात्र छैन मुलुकमा भ्रष्टाचारको संस्थागत बिकास पनि गरेको छ । कांग्रेस सरकारले निजीकरण गरको अधिकांश संस्थानको अवस्था कमजोर देखिएको छ । सरकारको सेयर स्वामित्व आंशिक वा पूर्ण रूपमा बिक्री गरी निजीकरण गरिएका अधिकांश कम्पनी बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका पनि घाटामा छन् ।
२०४८ मा निजीकरणको नीति लिएपछि हालसम्म ३० भन्दा बढी उद्योग तथा व्यावसायिक संस्थानलाई निजीकरण गरिसकेको छ । यसमध्ये ११ वटा संस्थान मात्रै सञ्चालनमा छन् । बांकी १९ मध्ये ३ वटा संस्थान अस्तित्वमा छैनन् ९ वटा बन्द अवस्थामा छन् भने ७ वटा सञ्चालनमा छैनन् ।
निजीकरणपछि सञ्चालनमा रहेका ११ मध्ये ५ संस्थान मात्रै नाफामा रहेको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । बांकी ६ वटा संस्थान भने नोक्सानमा रहेका छन् । निजीकरण गरिएका संस्थानको अवस्था कमजोर हुनुलाई सरकार र व्यवसायीले एक–अर्कालाई दोष देखाएका छन् । कमजोर अवस्थाको संस्थानको स्वामित्व बिक्रीपछि सरकारले कुनै सहयोग नगरेको उद्योगी व्यवसायीको अरोप छ । सरकारले भने निजी क्षेत्र नै जिम्मेवार नभएकाले निजीकरणमा गएका संस्थानको अवस्था दयनीय भएको जनाएको छ । राम्रोसंग चलिरहेका उद्योगहरुलाई कौडीको मुल्यमा बेचेपछि उद्योग सुक्नुको बिकल्प नभएको हो।
सरकारले सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग निजीकरण नगर्ने घोषणा गरेको छ । माओबादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका बेला आफ्नो स्वामित्वमा रहेका उद्योगको स्वामित्व सरकारमै रहने गरी लगानी व्यवस्थापन र सञ्चालन गर्न निजी क्षेत्रलाई लिजमा उपलब्ध गराउने नीति लिएको थियो ।
कांग्रेसले निजीकरणका नाममा डुबाएको उद्योगहरुलाई संचालनमा ल्याउने र आर्थिक क्षेत्रमा आएको बिचलनलाई सच्याउने तत्कालीन ओली सरकारले निर्णय समेत गरेको थियो । निजीकरण आफैमा खराब नभएपनि राज्यले नियमन नगर्दा परिणाम राम्रो छैन ।
कांग्रेसको निजीकरणको नितीका कारण डुबेका उद्योगहरुः
निजीकरणपछि पनि नोक्सानमा चलेका उद्योग
१)नेपाल रोजिन एण्ड टर्पेन्टाइन
२)नेपाल चिया विकास निगम
निजीकरणपछि बन्द भएका उद्योग
१)भृकुटी पल्प एण्ड प्रतिष्ठान मिल्स
२)हरिसिद्धि इटा टायल कारखाना
३)बालाजु कपडा उद्योग
४)कृषि आयोजना सेवा केन्द्र
५)नेपाल कोल लिमिटेड
६)हेटौंडा कपडा उद्योग
७)वीरगन्ज चिनी कारखना लिमिटेड
८)कृषि औजार कारखाना लिमिटेड
९)बन्द नभएका तर सञ्चालनमा नरहेका उद्योगहरु
१०)रघुपति जुट मिल
११)घरेलु शिल्पकला बिक्री भण्डार
12)नेपाल यातायात संस्थान
13)नेपाल ड्रिलिङ कम्पनी
निजीकरणपछि अस्तित्वमै नरहेका संस्थान
1)बांसबारी छाला जुत्ता कारखाना
2)कांचो छाला संकलन तथा विक्री कम्पनी
3)नेपाल जुट विकास तथा व्यापार कम्पनी
कांग्रेसका केन्द्रमा रहेका केहि नेताहरुले भोगेको भ्रष्टाचारको कारवाहिबाट पनि कांग्रेसले संस्थागत भ्रष्टाचार गरेको पुष्टी गरेको छ । डाक्टर राम शरण महत अर्थमन्त्रीहुंदा थालनी गरिएको राष्ट्रिय गौरवका उद्योगहरुलाई कौडीको मुल्यमा बेच्ने नितीमाथी कांग्रेसजनहरु अहिले पनि गौरव महसुस गर्ने गरेकाछन् । कुनैबेला उद्योगका नामबाट गौरव गर्ने उद्योगहरुलाई सम्झना गर्ने धेरै नेपालीहरु अहिले पनि जिउंदै छन् तर कांग्रेसले कौडीका मुल्यमा बेचेका कारण ति उद्योगहरु एकादेशको कथा जस्तै बनेको छन् ।
प्रतिकिर्या