अर्थ/बाणिज्य

काठमाडौं महानगरको ७ महिना सकिँदा खर्च १९ प्रतिशत मात्र


erastriya शुक्रबार, फागुन ११, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा १९ प्रतिशत मात्रै विकास खर्च गरेको छ ।

महानगरपालिकाले २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये उसले ४ अर्ब ९५ करोड ५७ लाख ४५ हजार खर्च गरेको हो । यो परिमाण कुल विनियोजित बजेटको १९.३९ प्रतिशत हो । महानगरपालिकाले चालु आव ७ महिनामा आर्थिक विकासतर्फ १० करोड ९८ लाख १६ हजार खर्च गरेको छ । यस्तै सामाजिक विकासमा १ अर्ब १९ करोड ७८ लाख ९ हजार र पूर्वाधार विकासमा १ अर्ब ७२ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाले सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३८ करोड ३४ लाख ३७ हजार खर्च गरेको छ । प्रशासनिक तथा कार्यालय सञ्चालनमा भने खर्च धेरै गरेको छ । उसले १ अर्ब ५४ करोड ४१ लाख ४६ हजार खर्च गरेको हो । यसो त महानगरपालिकाले चालु आवमा बजेटबाट प्रशासनिक खर्च घटाएर पूर्वाधारमा रकम थपेर संशोधन समेत गरेको छ । २९ पुसमा १४औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम संशोधन ल्याएकी थिइन् ।

उनले कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख कटौती गरी पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबर बजेट थप्न गरेको प्रस्ताव सभाले पारित गरेका थियो । 

पोहोर पनि उस्तै 

अघिल्लो आवमा पनि खर्च कम गर्दा महानगरपालिकाले योजना कार्यान्वयनमा समस्या रहेको भन्दै आर्थिक वर्ष सकिनुपर्ने बताएको थियो ।गत आव १९ प्रतिशत खर्च गर्न महानगरले ८ महिना लगाएको थियो । २०७९/८० मा महानगरपालिकाले फागुन मसान्तसम्म कुल विनियोजित बजेट २२ अर्ब ५३ करोड ५ लाख रुपैयाँमध्ये ४ अर्ब ४६ करोड २० लाख खर्च गरेको थियो ।

 

यसपालि ७ महिनामा १९ प्रतिशत खर्च गरे पनि महानगरको खर्च गर्ने ‘ट्रेन्ड’ भने बदलिएको छैन । अघिल्लो आवमा महानगरपालिकाका अधिकारीहरू र जनप्रतिनिधिले आर्थिक वर्ष सकिँदा बजेट खर्च बढ्ने बताएका थिए ।

 

तर, गत आव सकिँदा महानगरले संघीयता आए यताकै कम खर्च गरेको थियो । २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको काठमाडौंले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गरेको थियो । यो ३६.०४ प्रतिशत मात्रै हो । २०७४ मा पहिलोपटक स्थानीय चुनाव भएपछिकै सबैभन्दा कम हो । यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पाँच आर्थिक वर्षको बजेटको औसत खर्च ४३.३७ प्रतिशत थियो ।

बहाना ट्रेन्ड पुरानै

२०७९/८० को फागुन मसान्तमा १९ प्रतिशत मात्रै खर्च गर्दा जनप्रतिनिधि र कर्मचारीले बजेट तर्जुमा गर्दाकै समस्या बताएका थिए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बजेट तर्जुमा गर्दाकै समस्या कार्यान्वयनका बेला समेत देखिएको बताएका थिए । यसले बजेट खर्च प्रभावित हुने गरेको उनको भनाइ छ ।

अघिल्लो आवमा बजेट कार्यान्वयन कसरी हुन्छ भन्ने ध्यान नदिई रकम मात्रै छुट्ट्याउँदा खर्च गर्न नसक्ने अवस्था चालु आवमा ध्यान दिने भन्ने तर्क थियो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले २०८०/८१ को बजेट बनाउँदा लक्ष्य भेट्टाउने गरी बनाइने बताएका थिए ।

मेयर बालेन साहको सचिवालयले बजेट बनाउने समय पर्याप्त नभएको भन्दै चालु आवमा योजनाबद्ध ढंगले बजेट निर्माण गर्ने दाबी गरेको थियो ।हामीले गरेको कतिपय टेन्डर कार्यान्वयनमा जान सकेन, बजेट निर्माण गर्दा योजनाबद्ध नभएकाले पनि कम खर्च भएको हो,’ मेयर साहका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भनेका थिए, ‘आर्थिक वर्ष २०८०/८१ मा खर्च बढ्छ ।’

फेरि उस्तै

अघिल्ल्लो आवजस्तै खर्च ट्रेन्ड रहेको स्वीकार गर्दै महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी धेरै योजनाका काम भइरहेको र भुक्तानी नहुँदा खर्च कम देखिएको दाबी गर्छन् ।‘हाम्रो खर्चको ट्रेन्ड चाहिँ अघिल्लो वर्षजस्तै हो, तर अघिल्लो वर्षभन्दा योपटक महानगरको खर्च प्रतिशत धेरै हुन्छ,’ अधिकारीले भने ।

 

उनले कतिपय टेन्डर तीन पटकसम्म आह्वान गर्दा पनि नपरेका कारण खर्च भएको समेत सुनाए  । कतिपय टेन्डर खुलाउँदा नपरेपछि योजना अगाडि बढ्नै सक्दैन । सार्वजनिक खरिद ऐनका कारण यस्तो समस्या हुँदै आएको छ,’ उनले भने, ‘खर्च प्रतिशतलाई अहिले नै अनुमान गर्न मिल्दैन । वैशाखपछि धेरै भुक्तानी हुँदा बढ्ने छ ।’

 

अधिकारीले अहिले ३ सय ५६ योजना कार्यान्वयन चरणमा रहेको भन्दै विकास खर्चसँगै चालु खर्च पनि बढिरहेको दाबी गरे ।अघिल्लो पटक भन्दा अहिले सरसफाइ लगायत अन्य क्षेत्रका कर्मचारी पनि थपिएका छन्,’ उनले भने, ‘महानगरले खर्च बढाउँछ नै तर त्यसका लागि वैशाख, जेठ कुर्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’
उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’

जेठ ०७, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…