समाचार

भारतीय भूमि, जहाँ वर्षौंदेखि नेपालीको मसानघाट छ !


erastriya सोमबार, जेठ २२, २०८०

 

 नेपालीको मृत्यु पश्चात भारतीय भूमिमा दाहसंस्कार गरिन्छ, कसैले भन्दा वा सुन्दा पत्यार नलाग्न सक्छ । तर, धनुषाको एउटा यस्तो गाउँ छ, जहाँ मानिसको मृत्यु हुँदा भारतीय भूमिमै अन्त्येष्टि गरिन्छ ।

त्यो गाउँ हो, मुखियापट्टी मुसहरनीया गाउँपालिका २ को उतरवारी टोल । यो गाउँका कसैको मृत्यु भएको खण्डमा शवलाई भारतमा लगेर अन्त्येष्टि गर्ने गरिन्छ । अर्थात्  भारतीय भूमिमा वर्षौदेखि नेपालीको मसानघाट छ ।

वैशाख ३० गते बिहान स्थानीय ६० वर्षीय मोतीरामको निधन भयो । उनको अन्त्येष्टि पनि यो मसानघाटमै गरियो । मसानघाट र उत्तरवारीटोलको दूरी करिब एक किलोमिटर छ ।

मसानघाट जमुनी नदीको किनारमा पर्छ । दशगजाबाट करिब सय मिटरभित्र रहेको  नेपालीको मसानघाट भारत बिहार राज्यको मधुवनी जिल्लाको फुलहरघाट हो ।

वैशाखको दोस्रो साता उत्तरवारी टोलका सुवेदार यादवकी ६९ वर्षीया श्रीमती अनरिया देवीको मृत्यु पश्चात यही मसानघाटमै अन्त्येष्टि गरिएको थियो । मसानघाट भारतीय किसानको जमिन हो । तर धनीमानी भएको कारण उनीहरु खनजोत गर्दैनन् । त्यसैले भारतीय पक्षबाट कहिल्यै अवरोध नगरेको सुवेदार यादव बताउँछन् ।

‘यो फुलहरबलाहरुको जग्गा छ । उनीहरु धनीमानी छन् । खेतीपाती गर्दैनन् । कहिलेकाहीँ आउँछन् । तर अवरोध गर्दैनन् । हाम्रो गाउँको मसानघाट नै यही हो,’ यादव भन्छन्, ‘हामी गाइवस्तु चराउँछौं । यही मान्छे जलाउँछौं ।’

जवकि यही ठाउँमा केही महिना अघिसम्म नेपाली र भारतीय किसानबीच झण्डै चार दशकसम्म जग्गा विवाद चल्यो । बेलाबेला भिडन्तको स्थिति सिर्जना हुन्थ्यो ।

सुवेदार यादवका अनुसार सीमा भएर बग्ने जमुनी नदीले २०४२ सालमा धार परिवर्तण गर्‍यो । नदी धार परिवर्तन गर्दा नेपाली भूमिबाट बग्न थाल्यो । झण्डै पाँच विघा जग्गा नै पारी गरिदियो । भारतीय किसानले कब्जा गरी उब्जाउन थाले । र, भारतीय किसानको एक बिघा जग्गामा नेपाली किसानले उब्जाउन थाले  ।

नदीले बगाएको सीमा स्तम्भ भने सात वर्षअघि दुवै देशले नापजाँच गरी पुनः गाडेका थिए । केही महिनाअघि सहमति सम्झौता गरी जग्गा विवाद समाधान भएको छ ।

नेपालीको जग्गा भारतीय किसानले फिर्ता गरेका छन् । अब नेपालीले खनजोत गर्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !