भीम उपाध्याय सहित तीन पूर्व सचिव सहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जसमा भीम उपाध्याय सहीत अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर काे स्रोतले जनाएको छ ।
विशेष अदालतमा आज मुद्दा दायर गरिएको बताइएको छ जसमा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको बुझिएको छ ।
प्रतिकिर्या