राजनीति

मन्त्री प्रकाश ज्वाला लाई राजीनामा गराउन लगाउने पार्टीकाे तयारी


erastriya आइतबार, फागुन ०६, २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी घटनामा मन्त्री ज्वाला नै दोषी ठहर भएपछि उनको चौतर्फी आलोचना र राजीनामा माग भएको छ ।

गत पुस १३ गते दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि पार्टीभित्र मन्त्री ज्वालाबारे आन्तरिक छलफल सुरु भएको हो । आइतबारको प्रतिनिधि सभा बैठकमा समेत प्रतिपक्षका सांसदहरूले मन्त्री ज्वालाको राजीनामा र कारबाहीको माग गरेपछि एकीकृत समाजवादी थप दबाबमा परेको छ । 

तर सो पार्टीले अहिले नै मन्त्री ज्वालाबारे केही निर्णय गरिनसकेको जनाएको छ । ‘अहिले केही निर्णय भएको छैन । हामी आन्तरिक छलफलमा छौ’, ज्वालामाथि राजीनामाको चौतर्फी दबाब छ पार्टीले के गर्दै छ ? भन्ने रातोपाटीको प्रश्नमा उपाध्यक्ष प्रमेश हमालले भने, ‘हामी छलफलमा छौ तर पहिला आयोगको रिपोर्ट हेर्छौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बालकुमारी घटनामा जोडिएका मन्त्री ज्वालाबारे जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर थप कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो । छानबिन समितिले प्रतिवेदन दिएको छ, तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा बालकुमारी घटनाबारे जवाफ दिँदै भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रवार प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदनमा प्रधानमन्त्रीले प्रकाश ज्वालाबारे आवश्यक निर्णय लिन सक्ने जनाइएको छ ।

 

‘उहाँ (भौतिक मन्त्री ) ज्वालाले नैतिक रूपमा घटनाको जिम्मेवारी लिनुपर्छ तर नैतिक जिम्मेवारी लिएको देखिएन । भौतिक मन्त्री ज्वालाबारे प्रधानमन्त्रीले आवश्यक निर्णय लिन सक्नुहुनेछ’, प्रतिवेदनमा भनिएको छ । बालकुमारी घटनामा सजन राउत र वीरेन्द्र साहको मृत्यु हुनुका साथै मन्त्री ज्वालको गाडी जलाइएको थियो । पुस १३ मा बालकुमारीमा ईपीएस परीक्षा फाराम भर्ने क्रममा युवाहरूले आन्दोलन चर्काइरहेका बेला मन्त्री ज्वाला परिस्थितिको आकलन नै नगरी सोही बाटो हुँदै झन्डा हल्लाएर यात्रारत थिए । त्यस क्रममा आन्दोलनकारीसँग विवाद भएपछि परिस्थिति भड्किन पुगेको थियो । तर, मन्त्री ज्वालाले घटना हुँदा आफू त्यहाँ नभएको भनेर ‘झूटो’ अभिव्यक्ति दिइरहेका थिए । पार्टीको बैठकमा आफूलाई छाडेर चालक फर्किरहेका बेला आन्दोलनकारीले अकस्मात् गाडी जलाइएको दाबी उनले रातोपाटीसँगको कुराकानीमा बताएका थिए । घटनापछि सरकारले पीडित परिवारलाई दश लाख क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गर्नुका साथै जाँचबुझ आयोग गठन गरेर प्रतिवेदन पेस गर्न भनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

५ घण्टा अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

५ घण्टा अघि

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१ दिन अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

ताजा अपडेट

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर