अन्तर्राष्ट्रिय

सुदन किराँती काे छलाङ नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता


erastriya आइतबार, माघ २८, २०८०

नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो ।

 

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको बताए । उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्नेछ ।

 

द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । 'अहिलेलाई दुई–दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ । तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ', सहसचिव लामिछानेले भने ।

 

नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । अन्य केही मुलुकसँग यस्ता द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

३ घण्टा अघि

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

१४ घण्टा अघि

काठमाडौँमा सात देशको कला प्रदर्शनी
काठमाडौँमा सात देशको कला प्रदर्शनी

१ दिन अघि

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी
किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

१ दिन अघि

ताजा अपडेट

  • चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

  • रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

    रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

  • एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

    एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ