राजनीति

२५ वर्ष अघि राजाकै पालामा भएको थियो एसियाकै ठूलो म्याग्नेसाइट उद्योग बन्द


erastriya शनिबार, माघ २७, २०८०

 

भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि २४ वर्षदेखि बन्द हुँदा उद्योगबाट रोजगारी पाएका ३ हजारभन्दा बढीको रोजगारी गुमेको छ ।

 

विश्व बजारमा ओरियन्ट म्याग्नेसाइटको उच्च माग हुँदाहुँदै पनि उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन् । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा ३ हजारभन्दा बढीको रोजगारी गुमेको हो । सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक ३ देखि ४ हजारसम्म कमाउने गरेको बताए ।

 

बन्द म्याग्नेसाइट उद्योग सञ्चालनमा नआउँदा उद्योगरमा रहेका करोडाैं मूल्यको पाटपुर्जा समेत चोरी भएर हराएका छन् । पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म पनि उद्योग सञ्चालनमा आउन सकेको छैन । जसले करोडाैं मूल्य बराबरको उद्योगको सामान कवाडीका रुपमा थन्किएको र पाटपुर्जा चोरी भइसकेको जनाइएको छ ।

 

भारत र बंगलादेशमा म्याग्नेसाइटको माग भएपछि नेपालमा रहेको म्याग्नेसाइटको उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले भारतीय उडिसा इन्ड्रस्टिज, खेतान समूह, निजी क्षेत्र र नेपाल सरकारको संयुक्त पहलमा विसं २०३६ सालमा ३ अर्ब ५९ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको थियो ।

 

नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेटेको थियो । प्रदेश सरकारले बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो । प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न २० लाख बजेट विनियोजन गरेका थिए। 

 

राष्ट्रिय गौरवको यो उद्योग बन्द हुँदा प्रत्येक्ष,अप्रत्येक्ष रुपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ ।नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको नामबाट उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक तीनदेखि चार हजार रुपियाँसम्म कमाउने गरेको भीमेश्वर नगरपालिका –९ खरिढुङ्गाका राम श्रेष्ठले बताउनुभयो ।

 

२०४६ सालदेखि ठेकेदारको रुपमा काम थालेको उहाँले उद्योग सञ्चालनको समय खरिढुङ्गा क्षेत्रमा दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका नागरिकले रोजगारी पाएको बताउनुभयो । तर २०५५ सालदेखि उद्योग बन्द रहेका कारण नागरिको रोजगारी गुम्नुका साथै राज्यको लगानी खण्डहरमा परिणत भएको छ ।

 

नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट बिस्तृत अन्वेषणको आधारमा साढे दुई वर्गकिलोमिटरमा फैलिएको खानीमा १८ करोड मेट्रिक टन म्याग्नेसाइट र तीन लाख मेट्रिक टन खरी भण्डारण रहेको प्रमाणित भएको थियो । यहाँ उच्च कोटीको म्याग्नेसाईट मात्रै प्रयोग गरे तापनि दुई सय बर्षभन्दा बढी समयसम्मको लागि डीबीएम डेड बन्र्ट म्याग्नेसाइट उत्पादन गर्न पुग्छ ।

 

जर्मन सरकारको सहयोगमा सम्भाव्यता अध्ययन गरि उद्योग स्थापनाका लागि २०३० सालमा सिफारिस भए बमोजिम २०३५ साल बैशाख १४ गते कम्पनी ऐन २०२१ अन्तर्गत नेपाल सरकारको ५० प्रतिशत र उडिसा इण्ड्रष्ट्रिज लिमिटेड भारतको ५० प्रतिशत शेयर रहने गरी संयुक्त लगानी संझौता बमोजिम नेपाल ओरिण्ड म्याग्नेसाईट प्रालिको नामबाट उद्योगको स्थापना भएको थियो ।

 

सम्झौताअनुसार स्थापनाकालदेखि २५ वर्षसम्म व्यवस्थापनको जिम्मा उडिसा इण्ड्रष्ट्रिजलाईनै दिइएको थियो । ओरिण्डसँंग संयुक्त लगानी गर्नुको मुख्य कारण प्रबिधिको लागि रहेको भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचका तत्कालीन समयका उद्योगका कर्मचारी भुवन केसी बताउनुहुन्छ ।

 

उद्योगको मजदुर संघको अध्यक्ष समेत रहेका केसीले २०४० सालदेखि कम्पनीको कारखाना निर्माणकार्य सुरु गरी तीन बर्षमा निर्माणकार्य पूरा भएपछि २०४३ सालदेखि परिक्षण उत्पादन कार्य सुरु भएको बताउनुभयो ।

 

उहाँका अनुसार सुरुमा सिंगल स्टेज फायरिङ सिस्टम प्रविधि जडित यो उद्योगबाट सन्तोषजनक उत्पादन भएन ।

 

त्यसपछि धेरै मोडिफिकेसन तथा ट्रायल रन गरि डेड बण्र्ट म्याग्नेसाईटको लागि पटकपटक गरिएको परीक्षण उत्पादनका क्रममा कच्चा पदार्थ अत्याधिक धुलो भई भट्ट भित्र जाम र ह्याङ हुनाले बिक्रियोग्य डिबिएम उत्पादन हुन सकेन ।

 

जसको एउटै कारण उद्योगमा जडित मेसिन कम गुणस्तरको हुन पुगेको भीमेश्वर –९ झिङानिका स्थानीय एबम् तत्कालीन खानी ठेकेदार कृष्ण पाख्रिनले बताउनुभयो । उहाँले सिन्धुपाल्चोकको बलेफि गाऊँपालिका–८ लामोसाँगुमा ३ ६७ रोपनी जग्गामा फैलिएको प्रशोधन गर्ने उद्योगसम्म कच्चापदार्थ लैजान बनाइएको १० दशमलव ५० किलोमिटर दुरीको रोपवेमा समेत कम गुणस्तरको सामाग्री प्रयोग भएपछि सञ्चालनमा आएको केही समयमै बन्द भएको बताउनुभयो ।

 

उद्योग निर्माणका क्रममा प्रबिधि जडानको जिम्मा पाएका साझेदारी संस्था उडिसा इण्ड्रष्ट्रिज लिमिटेडले कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरेकै कारण उद्योगबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सामाग्री उत्पादन गर्न नसकेपछि नेपाल सरकार र आईसिएफ इन्टरनेशनल फाइन्यान्स कर्पोरेशनले प्लान्ट बन्द गर्न निर्देशन गरे बमोजिम २०४७ पुसदेखि परीक्षण उत्पादन बन्द भएको थिया े।

 

पछि यूएनडीपीबाट भएको अध्ययनले यस उद्योगलाई आर्थिक तथा प्राबिधिक रुपमा पुनरूत्थान गरी सञ्चालन गर्न राय दिए, र २०५० साल जेठ २ गते मन्त्री परिषद्बाट पुँजी वृद्धि अनुसार नेपाल सरकारले थप गर्नुपर्ने पुँजी थप गर्ने र कम्पनीको व्यवस्थापन स्रोत नेपाल सरकारले लिने गरी निर्णय गर्यो ।

 

जसअनुसार कम्पनीको साधारणसभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ५० करोड बनाएकोमा नेपाल सरकारको ३७ करोड ५० लाख अर्थात ७५ प्रतिशत, उडिसा इण्डष्ट्रिज लिमिटेड भारतको तीन करोड ७५ लाख अर्थात १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्र खेतान समूह नेपालको तीन करोड ७५ लाख अर्थात १२ दशमलव पाँच प्रतिशत लगानी रह्यो ।

 

उद्योगको पुजी बृद्धिका लागि नेपाल सरकार जमानत बसी कर्मचारी सञ्चयकोषबाट २० करोड रुपियाँ दीर्घकालीन ऋण लिए र युएनडिपिबाट पाएको सुझाव अनुसार यहाँको कच्चापदार्थ अस्ट्रियामा लगि नमुना परीक्षण गरिएको मजदुर संघ अध्यक्ष केसी बताउनुहुन्छ ।

 

अस्ट्रिया स्थित आरसिई कम्पनीका पअनुसार यहाँको कच्चा पदार्थबाट ३.२ बिएसजीको गुणस्तरमा तीन टन प्रति घण्टा डीबिएमउत्पादन गर्न सक्ने ग्यारेन्टी भयो ।

 

त्यसपछि उनिहरुकै सुझाव, सल्लाह र आरसिईका प्राविधिकको प्रत्यक्ष रेखदेख र उपस्थिति प्लाण्टको मोडिफिकेसन कार्य सम्पन्न पश्चात गरिएको उत्पादनमा ३.१ बिएसजिको गुणस्तरको बिक्रियोग्य डिबिएम प्रतिघन्टा २.५ मेट्रिक टन उत्पादन भयो ।

 

तर तत्कालीन बजारमा चाइनिज डिबिएम धेरै सस्तो रहेको र नेपालमा तेलमा भएको मूल्यबृद्धिको कारणले उत्पादित बस्तुको मुल्यमा प्रतिस्पर्धा गर्न नसकि २०५५ साल बैशाख २६ गतेदेखि उद्योगबाट उत्पादन बन्द भयो ।

 

उद्योग लामो समयसम्म बन्द रहेका कारण प्लाण्टको सबै मेसिन तथा उपकरकणहरु मर्मतसम्भार नगरी सञ्चालन हुन नसक्ने अवस्थामा रहेको उद्योग हेरालु कर्मचारी स्थानीय निमादोर्जे तामाङले बताउनुभयो ।

उद्योगले डेड बन्र्ट म्याग्नेसाइट, क्याल्साइन म्याग्नेसाइट र खरी पाउडर गरि तीन प्रकारका उत्पादन गर्ने क्षमता राख्छ । डेड बण्र्ट १८ सय देखि २६ सय डिग्री सेल्सिएस तापक्रमसम्म नपग्लने पदार्थ हो । पग्लने अन्य पदार्थ पनि यसले सोस्दैन।

 

क्याल्साइन माग्नेसाइट पशुको दाना, रासायनिक मल, एन्टी पोलुसन एजेन्ट, औषधि र नजल्ने पार्टेसन बोर्ड निर्माणमा प्रयोग हुन्छ । यी तीन वटै उत्पादनहरू ५० भन्दा बढी उत्पादनहरूमा प्रयोग गर्न सकिने भएकोले हाल यसको माग

नेपाल,भारत लागएत तेस्रो मुलुकमा धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष दाहाल
माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष दाहाल

१ दिन अघि

द्वन्द्वपीडित भन्छन्-‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’
द्वन्द्वपीडित भन्छन्-‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

१ दिन अघि

शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँः अध्यक्ष दाहाल
शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँः अध्यक्ष दाहाल

मंसिर ०५, २०८१

द्वन्द्वपीडित भन्छन्ः देश शान्त भयो, हामी अझै अशान्त छौँ
द्वन्द्वपीडित भन्छन्ः देश शान्त भयो, हामी अझै अशान्त छौँ

मंसिर ०५, २०८१

ताजा अपडेट

  • छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

    छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

  • एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

    एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो

  • चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

  • रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

    रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

  • एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

    एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज