राजनीति

प्रधानमन्त्री प्रचण्ड भेट्न पुगेका अमरेशले गंगा दाहालसँग माफी मागे


erastriya मंगलबार, माघ २३, २०८०

काठमाडौं, २३ माघ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् । प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगा दाहालबारे मिडियामा विभिन्न आरोप लगाएर चर्चामा आएका सांसद सिंहले आज (मंगलबार) प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँग हिजो संसद् भवनमा भेट हुँदा एकचोटी भेट्नको लागि बिन्ती गरेपछि आज दाहालले सिंहलाई भेट दिएका हुन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा सिंहले प्रधानमन्त्री दाहालसँग विभिन्न विषयमा भलाकुसारी गरेका हुन् ।

 

सुरुमा सिंहले प्रधानमन्त्री दाहालकी छोरी गंगासँग माफी मागेको स्रोतको दाबी छ । गंगाले आफूले प्रधानमन्त्री दाहाललाई सफल बनाउनको लागि सचिवालयमा बसेर काम गरेको भन्दै किन अनावश्यक आरोप लगाएको भनेर जिज्ञासा राखेकी थिईन् ।

दाहालको जिज्ञासा भुईंमा खस्न नपाउँदै सिंहले आफूले प्रधानमन्त्री दाहालसँग भेट्न नपाएको र शान्ति प्रक्रियाको लागि आफूले खेलेको भूमिकाको मूल्यांकन नभएको कारण आवेशमा आरोप लगाएको भन्दै माफी मागेको स्रोतको दाबी छ ।

सर्लाही–४ बाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका डा. सिंह चर्चामा आइरहने नेताको रुपमा चिनिन्छन् । उनी ०७९ साल पुष १० गते प्रचण्ड एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बन्दा प्रचण्डको साथमा उभिएका थिए ।

 

कतिपयले प्रचण्डले आफूलाई मन्त्री बनाउने वचन दिएरपनि नबनाएकोले सिंहले अहिले आक्रोश पोख्ने गरेको भनेर पनि दाबी गर्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड
प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

फागुन २७, २०८१

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल

फागुन २०, २०८१

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

फागुन १५, २०८१

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

फागुन १३, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…