राजनीति

भारत भ्रमण सके लगत्तै राजेन्द्र महतोकाे काठमाडौँमा आन्दोलनको तयारी


erastriya मंगलबार, माघ २३, २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौँबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने भएका छन् । आन्दोलनको तयारीमा रहेका महतोले आफू मधेसमा मात्र केन्द्रित नरहेको सन्देश दिनका लागि पनि पहिलो शक्ति प्रदर्शन काठमाडौँबाट गर्ने तयारी गरेको उनी निकट नेताहरू बताउँछन् । त्यसका लागि महतोले गोप्य ढङ्गले काठमाडौँ र वरपरका जिल्लामा प्रशिक्षण तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

आदिवासी जनजाति, खस आर्य समुदायलाई साथमा लिनका लागि उनले अहिले दिनहुँ प्रशिक्षणका कार्यक्रम गरिरहेको उनी निकट नेता बताउँछन् । महतो निकटका एक नेताले भने, ‘काभ्रे, धादिङ, सिन्धुली, काठमाडौँ लगायत विभिन्न ठाउँमा प्रशिक्षण चलिरहेका छन्, प्रशिक्षण कार्यक्रमलाई अहिले प्रचारमा ल्याइएको छैन ।’

राजेन्द्र महतोले आफ्नो प्रशिक्षण, गोष्ठी, तालिमलाई मिडियाभन्दा टाढा राखेका छन् । यहाँसम्म कि सामाजिक सञ्जालमा समेत त्यसको बारेमा लेख्न रोक लगाएका छन् । उनको सम्पर्क कार्यालय अहिले अनामनगरस्थित युनियन हाउसमा राखिएको छ । त्यहाँ दिनहुँ छलफल र बैठक भइरहेका हुन्छन् । त्यसबाहेक काठमाडौँमै अन्य ठाउँमा पनि छलफल तथा बैठकका लागि ठाउँको व्यवस्था गरिएको स्रोतले दाबी गरेको छ ।

माघ ५ गते नै आन्दोलन घोषणा गर्ने तयारी भए पनि गृहकार्य पूरा नभएका कारण स्थगित गरिएको थियो । यस बिचमा महतो दुई पटक भारत गएर छलफल गरे । त्यसपछि उनी काठमाडौँलगायत तराई मधेस र पहाडका केही जिल्लामा पुगेर छलफल र बैठक राखेका छन् । महतो उपस्थित हुन नसकेका ठाउँमा बुद्ध छिरिङ, सन्तोष मेहता, सीएन थारु, कमला गुरुङ, रमेश योहाङ, केशव झा, आर.के. तामाङ, निरुतालगायत नेताहरू पुगेर प्रशिक्षण दिएका छन् । महतो र उनको टिमले दैनिकजसो कतै न कतै प्रशिक्षण दिने तथा बैठक आयोजना गर्ने गरिरहेको बताइएको छ ।

महतो अहिले फागुनमा काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनका लागि तयारीका लागि जुटेका छन् । मधेसी तथा आदिवासी जनजाति नमिलेसम्म क्रान्ति सफल नहुने उनको बुझाइ छ । मधेसले एक चरणको आन्दोलन सम्पन्न गरे पनि त्यसले उठाएको मागहरू पूरा नहुनुमा आदिवासी जनजातिले साथ नदिनु नै मुख्य कारण रहेको महतोको निष्कर्ष छ ।

नेता महतोको साथमा आन्दोलनको तयारीमा रहेका लोसपाका महासचिव केशव झाले काठमाडौँमा प्रदर्शन गर्ने तयारी भइरहेको बताए । तर कहिले गर्ने भन्ने मिति तय नभएको उनको भनाइ छ ।

शान्तिपूर्ण आन्दोलनको सुरुवात काठमाडौँबाट गर्ने तयारी छ, त्यसका लागि विभिन्न तयारी भइरहेको छ,’ उनले भने, ‘यो आन्दोलन तराई मधेसमा मात्र केन्द्रित नरहेर देशैभर हुने भएकाले यसमा आदिवासी, जनजाति तथा पहाडी समुदायलाई सहभागी गराउन व्यापक तयारी भइरहेको छ ।’

 

महतोले लोसपा नछाडे पनि अहिले अलग बस्न थालेका छन् । उनी लोसपाको पार्टी कार्यालय जान छाडेको तीन महिनाभन्दा बढी सक्यो । करिब दुई महिनादेखि महन्थ ठाकुरसँग उनको बोलचाल पनि छैन । सरकार छाडेर आन्दोलनमा जान महतोले अध्यक्ष ठाकुरलाई पनि आग्रह गरेका थिए । तर ठाकुरले उनको प्रस्तावलाई अस्वीकार गरे ।

 

पछिल्लो समय अध्यक्ष ठाकुरले गठन गरेको केन्द्रीय समितिप्रति महतोले असहमति जनाउँदै पार्टीबाट विद्रोह नै गरे । विद्रोहपछि उनी आन्दोलनको तयारीमा लागेका छन् । एक चरणको आन्दोलन गरेपछि २०८४ आउँदासम्म पार्टी गठन गर्ने उनको सोच रहेको स्रोतहरूले दाबी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड
प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

फागुन २७, २०८१

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल

फागुन २०, २०८१

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

फागुन १५, २०८१

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

फागुन १३, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…