शिक्षा

छिट्टै बिर्सने बानी भए खानुहोस् यस्ता खानेकुरा


erastriya शनिबार, माघ ०६, २०८०

के तपाइँमा छिट्टै बिर्सिहाल्ने बानी छ ? यदि त्यसो हो भने आज हामीले स्मरण शक्ति बढाउन अपनाउनुपर्ने कुराको बारेमा जानकारी दिँदैछौँ ।

वैज्ञानिकहरुले भने यस्तो धेरै भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन् ।

 

१. दालचिनी, मरिच चिया, कफी तथा बेसार: बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

 

२. ओखर: जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ । ३.स्ट्रबरी: यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

 

४. दही: दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

 

५. गोलभेँडा: गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

 

६. तुलसी: मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७.अलैँची: अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८. जाइफल: जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

कृषि विश्वविद्यालयमा डीन नियुक्त
कृषि विश्वविद्यालयमा डीन नियुक्त

माघ १०, २०८१

ताजा अपडेट

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…

  • अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

    अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका …

  • रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

    रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भार…

  • थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज

    थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज