अन्तर्राष्ट्रिय

भारतीय सेनालाई माल्दिभ्स छाड्न तीनमहिने अल्टिमेटम


erastriya मंगलबार, माघ ०२, २०८०

चीनको भ्रमण सकेर माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु हालै स्वदेश फर्किएका छन् । स्वदेश फर्कनासाथ उनी भारतप्रति आक्रामक देखिएका छन् ।

 

भारतप्रति कठोर नीति अपनाउँदै मुइज्जुले भारतका ८८ सैनिकलाई माल्दिभ्स छाड्न तीन महिनाको अल्टिमेटम दिएका छन् । उनले भारतीय सेनाले मार्च १५ सम्ममा माल्दिभ्स छाडिसक्नुपर्ने बताएका हुन् ।

 

यसअघि गत डिसेम्बरमा मुइज्जु र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोप२८ सम्मेलनमा भेटवार्ता भएको थियो । त्यसबेला पनि भारत सरकार आफ्ना सैनिक स्वदेश फर्काउन तयार रहेको मुइज्जुले बताएका थिए ।

 

तर, यसपटक चीनको भ्रमण गरेलगत्तै मुइज्जु भारतप्रति आक्रामक देखिनुले उनमा चिनियाँ झुकाव झनै बढेर गएको टिप्पणी सुरु भएको छ । त्यसो त उनी चीननिकट नेता हुन् जसले ‘इन्डिया आउट’को नारा लगाउँदै गतवर्ष राष्ट्रपतिको निर्वाचन जितेका थिए ।

 

पछिल्लो समय भारत र माल्दिभ्सबीच कूटनीतिक टकराव बढिरहँदा पनि मुइज्जु भारतप्रति आक्रामक देखिएका हुन सक्छन् । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै माल्दिभ्सजस्तै टापुहरूको भ्रमण गर्दै लक्ष्यदीप टापुको प्रचार गरेका थिए । उनले घुमाउरो तरिकाले माल्दिभ्स नभएर अब भारतको लक्ष्यदीप सबैले घुम्नुपर्ने सन्देश दिएका थिए ।

 

मोदीको सोही ट्विटर पोस्टमा माल्दिभ्सका तीन मन्त्रीले मोदीलाई जोकर, आतंकवादी र कठपुतली भनेका थिए । माल्दिभ्सले ती मन्त्रीलाई निलम्बन मात्र गरेको छ, उनीहरूलाई बर्खास्त गरिएको छैन । 

 

मुइज्जुको चीन भ्रमणका क्रममा चीनसँग माल्दिभ्सका २० वटा आर्थिक सम्झौता भएका छन् । मुइज्जुले चीन भ्रमणपछि नै यतिबेला माल्दिभ्सका बिरामीलाई उच्च स्वास्थ्य सुविधा र उपचारका लागि भारत नपठाउने र त्यस्ता बिरामीलाई अब यूएई र मलेसिया पठाइने घोषणा गरिदिएका छन् ।

 

माल्दिभ्समा भारत र चीन दुवै आफ्नो दबदबा बनाउने कोसिसमा देखिन्छन् । खासमा माल्दिभ्स हिन्द महासागरको यस्तो ठाउँमा छ, जसले यसको रणनीतिक महत्त्व निकै बढाउँछ । यो एउटा महत्त्वपूर्ण बाटोनजिकै छ । जानकारका अनुसार, भारतविरोधी नीति भएका कारण मुइज्जुले आर्थिक मद्दतका लागि चीनतिर हेर्नु स्वाभाविक हो । 

हाल भारतबाट हटाउन खोजिएका भारतीय ८८ सैनिक सन् २०२१ मा माल्दिभ्स पुगेका थिए । भारतले सन् २०१०, २०१३ र २०२० मा क्रमशः दुई हेलिकोप्टर र एउटा विमान माल्दिभ्सलाई उपहार दिएको थियो । ती विमानहरू सञ्चालन र मर्मतका लागि भारतीय सैनिकहरूलाई पूर्वसरकारले माल्दिभ्समा आउने अनुमति दिएको थियो ।

 

यस कार्यले माल्दिभ्समा बसेर हिन्द महासागरमा चिनियाँ उपस्थितिको निगरानी गर्न भारतलाई सहज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…

  • दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मानिएको रेडपाण्डा

    दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मान…

  • गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

    गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्…