राजनीति

नेपालमा क्रान्ति गर्छु भन्ने महतो लागे आशीर्वाद लिन भारत


erastriya आइतबार, पुस २९, २०८०

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्ने तयारीमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भारतको दिल्ली पुगेका छन् ।आफ्नो अभियानको तयारीको बारेमा छलफल गर्नका लागि उनी पुस २५ गतेदेखि दिल्लीमा छन् । लोसपामा विद्रोह गरी उनी राष्ट्रिय मुक्ति क्रान्तिको अभियान चलाउने अन्तिम तयारीमा छन् । उनी लोसपामा विद्रोह गर्नुअघि पनि दिल्ली पुगेका थिए । अध्यक्ष महन्थ ठाकुरसँग आन्तरिक विवाद सुरु भएपछि एक साता लामो भारत भ्रमण सकाएर आएपछि लोसपामा उनले विद्रोह गरेका हुन् । 

अहिले उनी लोसपा छाडेका छैनन्, तर पाटीको बैठकमा सहभागी पनि भएका छैनन् । उनी छुट्टै अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छन् । त्यो अभियानको नाम उनले राष्ट्रिय मुक्ति क्रान्ति दिएका छन् । त्यसैको बारेमा थप परामर्शका लागि उनी दिल्ली पुगेको उनी निकट एक नेताले बताए । यो बिचमा उनी को कोसँग भेटे त्यो अझै खुलेको छैन तर उनी त्यहाँ उच्च स्तरीय भेटघाटमा रहेको स्रोतहरूले दाबी गरेको छ । २०७४ को चुनावपछि भारतसँग नेता महतोको सम्बन्ध बिग्रेको थियो ।

त्यो सम्बन्ध बनाउनका लागि नेता महतोलाई लामो समय लाग्यो । अहिले सम्बन्ध सुधार भएपछि दौडधुप बाक्लिएको छ ।

 

उनले राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर बहुल राष्ट्रिय राज्य स्थापनाको निमित्त आह्वान पनि गरेका छन् । क्रान्ति सफल बनाउनका लागि एउटा सङ्गठनको आवश्यकता पर्छ र त्यो सङ्गठन निर्माणमा आफू लागेको नेता महतो बताउँदै आएका छन् ।  

 

उनले सङ्गठनको अभावमा कुनै पनि तयारी परिणाममुखी बन्न नसक्ने भएकाले सङ्गठन निर्माणमा जोड दिएका छन् । उनले भनेका छन्, ‘साङ्गठनिक तयारी अन्य तयारी जतिकै महत्त्वपूर्ण र जोड दिनु पर्ने विषय हुन् । साङ्गठनिक तयारी गर्न कुशल, अनुशासित, तथा प्रतिबद्ध संगठकहरुको आवश्यकता पर्दछ ।’ यसकै तयारीका लागि उनी भारत भ्रमणमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड
प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

फागुन २७, २०८१

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल

फागुन २०, २०८१

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

फागुन १५, २०८१

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

फागुन १३, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…