शिक्षा

सुनिल शर्माको दादागिरी निलम्बन फुकुवा गर्दैनौँ, विद्यार्थी नै फिर्ता पठाइ दिन्छौँ


erastriya बुधबार, पुस २५, २०८०

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्रीले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । केएमसीले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानुनी बाटो खोज्ने चेतावनी दिए । ‘मन्त्री जस्तो व्यक्तिले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीलाई निलम्बन गरेको विषयलाई लिएर पत्र काट्नु हास्यास्पद र लज्जास्पद हो,’ काँग्रेस सांसदसमेत रहेका शर्माले भने, ‘शिक्षा मन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । हामी ३५ दिन भित्र अदालत जान्छौ ।’ शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि वार्ता गरेर समाधान गर्ने तयारी भइरहेको बेला मन्त्रीको चिठ्ठीले वातावरण थप बिगारेको उनको भनाई छ ।

केएमसीमा अध्ययनरत डा.दाहालले स्वास्थ्य शिविरको विरोध गरेको भन्दै कलेजले एक महिना निलम्बन गरेपछि १३ दिन अघिदेखि कलेजमा आन्दोलन सुरु भएको हो । निलम्बन गरिएका दाहाललाई कलेज प्रशासनले प्रवेश दिएको छैन । यही विषयमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद डा. तोसिमा कार्की लगायतले मन्त्रालयले केही नगरेको भन्दै हरेक दिन प्रश्न उठाएपछि शिक्षामन्त्री अशोक राईले विश्वविद्यालयलाई निलम्बन फुकुवा गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीले दिएको निर्देशनमा भनिएको छ, ‘हेल्थ क्याम्प, फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्रै स्वास्थ्य शिविरमा विद्यार्थीलाई खटाउने कार्य गर्नु गराउनु हुन र निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गराउन काठमाडौँ विश्वविद्यालय ऐन २०४८ को दफा १३ क उपदफा ३ बमोजिम निर्देशन दिएको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

कृषि विश्वविद्यालयमा डीन नियुक्त
कृषि विश्वविद्यालयमा डीन नियुक्त

माघ १०, २०८१

ताजा अपडेट

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…

  • अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

    अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका …

  • रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

    रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भार…

  • थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज

    थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज