बिज्ञान तथा प्रबिधि

राति मोबाइल चलाउदा यस्ता समस्या देखिनसक्छ


erastriya मंगलबार, पुस १७, २०८०

काठमाडौँ । आजभोलि स्मार्टफोन नचलाईकन कसैको पनि दिन कट्दैन । अवस्था यस्तो छ कि राति सुत्ने बेलामा पनि धेरैजसो मानिसहरू फोनमै टाँसिएर बसिरहेका हुन्छन् । तर यस्तो गर्नु स्वास्थ्यको लागि राम्रो होइन । विशेषगरी राति सुत्ने बेलामा स्मार्टफोन प्रयोग गर्नबाट सकेसम्म आफूलाई जोगाउनु होस् । 

 

ब्लु लाइट एक्सपोजरः

स्मार्टफोनबाट ब्लु लाइट (निलो प्रकाश) निस्किन्छ । यसले शरीरको सर्काडियन रिदममा अवरोध उत्पन्न गराएर मेलाटोनिनको उत्पादनमा दबाब सृजना गर्न सक्छ । मेलाटोनिन निद्रालाई नियमन गर्ने हर्मोन हो । सुत्ने बेलामा ब्लु लाइटको एक्सपोजरले निद्रामा बाधा पुर्‍याउँछ र निद्राको स्तरमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

 

निद्रामा खललः

सुत्नु अघि स्मार्टफोनको प्रयोगका कारण दिमाग सक्रिय भइरहन्छ र सुत्न समस्या हुन थाल्छ । तपाईँले फोनमा इमेल चेक गरिरहनु भएको छ वा सामाजिक सञ्जाल चलाइराख्नु भएको छ वा गेम खेलिरहनु भएको छ भने यस्तोमा तपाईँको दिमाग सक्रिय भइरहन्छ । रिल्याक्स भएर सुत्नमा समस्या हुन सक्छ ।

बढ्न सक्छ तनाव:

सुत्नुअघि फोनमा झुन्डिरहँदा प्रयोगकर्ताको तनावको स्तर बढ्न सक्छ । विशेषगरी सामाजिक सञ्जालमा कसैसँग कुरा गरिरहनु भएको छ वा कुनै नकारात्मक कन्टेन्ट हेरिरहनु भएको छ भने यसले तपाईँको तनावको स्तर बढाउन सक्छ । एङ्गजाइटी गराउन सक्छ ।

 

आँखाको समस्या:

तपाई लामो समयसम्म फोन चलाउनु हुन्छ । खास गरी सुत्नुअघि अलि कम उज्यालो वा अँध्यारोमा मोबाइल चलाउनु हुन्छ भने स्क्रिन र आसपासको कन्ट्राष्टलाई एड्जष्ट गर्न आँखाले सामान्य भन्दा धेरै मेहनत गर्नुपर्छ । अँध्यारोमा ढिलासम्म स्मार्टफोन चलाउँदा आँखा सुख्खा हुने, चिलाउने, पोल्ने जस्ता अनेकौँ समस्या निम्तन सक्छ ।

 

निद्रा नलाग्ने समस्या: 

ओछ्यानमा स्मार्टफोनको प्रयोगले अनिद्राको खतरा बढ्छ । फोनमा एकपछि अर्को गर्दै फरक–फरक खालको जानकारी हेरिरहँदा दिमाग शान्त हुन पाउँदैन । यस्तोमा निद्रा नआउने समस्या बढ्न थाल्छ । स्लिप हाइजिनलाई राम्रो बनाउन विज्ञहरुले सामान्यतः किताब पढ्न, मनतातो पानीले नुहाउन वा रिल्याक्सेशनका तरिका अपनाउने जस्ता गतिविधिमा संलग्न हुन सुझाव दिने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

असार ०३, २०८१

एनसेलको टावरमा बम विस्फोट
एनसेलको टावरमा बम विस्फोट

चैत २९, २०८०

हराएको फोनको लोकेशन जति बेलापनि यसरी ट्रयाक गर्न सकिने
हराएको फोनको लोकेशन जति बेलापनि यसरी ट्रयाक गर्न सकिने

चैत २८, २०८०

जापान चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा : नेपालकाे काम हेर्ने तयारि
जापान चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा : नेपालकाे काम हेर्ने तयारि

चैत १२, २०८०

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति