राजनीति

बालेन- हर्क साम्पाङसहितको संलग्नतामा नयाँ दल खोल्ने तयारी


erastriya आइतबार, पुस ०१, २०८०

काठमाडौँ । देशमा फेरि नयाँ दल खुल्न लागेकोबारे चर्चा परिचर्चा सुरु हुन थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलगायतको सक्रियतामा नयाँ पार्टी खुल्न लागेको चर्चा सुरु भएको हो । दुबै मेयर स्वतन्त्र लौरो चिह्नमा चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा पुगेका हुन् । 

दुबै मेयरहरुले वर्तमान राजनीतिक दलका नेताहरुप्रति तिखो प्रहार गर्दै आएका छन् भने भ्रष्टाचार र बेथितिको पनि विरोध गर्दै आएका छन् । यस्तैमा काठमाडौँ आएको मौकामा हर्कले बिहीबार मेयर बालेन शाहसँग १ घण्टा छलफल गरे । बिहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले छलफल गरेका थिए।उक्त भेटपछि साम्पाङले फेसबुकमा बालेनसँगको तस्बिर राख्दै आफूहरु विशाल बन्ने उल्लेख गरेका थिए । ‘जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान !’ उनको भनाइ थियो । उनको स्टाटसले अब नयाँ दल बनाउन दुई मेयर लागिपरेको टिकाटिप्पणी भइरहेको छ।  

यस्तैमा शुक्रबार सामाजिक सञ्जालमा साम्पाङले अब दल खोलेर अघि बढ्न लागेकोबारे थप संकेत गरेका छन् । ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ?’, साम्पाङको प्रश्न छ । देशका बेकामे कानुन बदल्न र देशद्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टीको चाहिने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारी र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु म अब । मेरो साथमा को को हुनुहुन्छ ?’ 

 

देशमा ‘परिवर्तन’ ल्याउने दाबीका साथ नयाँ दलहरु खुल्ने क्रम जारी छ । यस्तोमा बालेन र साम्पाङसहितले के नयाँ पार्टी खोल्लान् ? या खोलेमा कहिलेसम्म मूर्तरुप पाउला ? त्यो चासोको विषय बनेको छ । नयाँ पार्टी खोल्नेबारे विभिन्न चरणमा छलफल भइरहेपनि कहिलेसम्ममा घोषणा हुनेबारे हालसम्म कुनै टुंगो नलागेको बालेनका निकटस्थहरु बताउँछन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड
प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

फागुन २७, २०८१

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल

फागुन २०, २०८१

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

फागुन १५, २०८१

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

फागुन १३, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…