राजनीति

जनार्दनको कमाण्डमा रुकुममा तीन ३१६८ अस्थायी टहरा निर्माण


erastriya बुधबार, मंसिर २७, २०८०

काठमाडौँ । माओवादी रूपान्तर अभियानको कमाण्डिङ गर्दै बागमती प्रदेशको गाउँबस्तीमा सक्रिय रहेका पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा कात्तिक १७ राति गएको विनासकारी भूकम्पको कारण निकै मर्माहित भए । जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटसहित शर्माको गृहजिल्ला रुकुम(पश्चिम)मा समेत जनधनको ठूलो क्षति भयो । भूकम्पमा परी जाजरकोटमा १०१ जनाको ज्यान गयो भने रुकुम(पश्चिम)मा ५२ जनाले ज्यान गुमाए । सयौँ घाइते भएका छन् । 

यी दुई जिल्लामा करिब ९० प्रतिशत घर तथा सार्वजनिक भौतिक संरचना पूर्ण क्षति भएको गृह मन्त्रालयको तथ्याङले देखाएको छ । भू–कम्पपछि भोलिपल्ट झिसमिसे बिहानमै पीडित जनताको उद्धार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शर्मा प्रभावित क्षेत्र पुगे । तत्काल उद्धारको काम सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किए । शर्मा गृहजिल्ला रुकुम(पश्चिम)का पीडित जनताको उद्धार, राहत र पुनर्निर्माण सक्रिय रहे । 

एक महिनादेखि रुकुमेली जनताको घर आगमनमा खटिएका शर्माले बढ्दै गएको चिसोबाट पीडितलाई बचाउन सिंगो जिल्ला कमिटीलाई स्वयंसेवक दस्तामा रुपान्तरण गरे । आफ्नै नेतृत्वमा तीन हजारभन्दा बढी स्वयंसेवक बनाएका उनी अस्थायी न्यानो टहरा बनाउन दिनरात खटिएका छन् । 

रुकुम(पश्चिम)मा मुसीकोट, चौरजहारी, आठबिसकोट नगरपालिका रहेका छन् । यस्तै बाफिकोट, त्रिवेणी र सानीभेरी गाउँपालिका रहेका छन् । यी पालिकामा अहिलेसम्म तीन हजार १६८ घरटहरा बनिसकेको शर्माले बताए । उनका अनुसार आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७ र बाफिकोट गाउँपालिकामा ७१ अस्थायी टहरा निर्माण भएको छ । माओवादी जिल्ला कमिटीले उपलब्ध गराएको तथ्याङक अनुसार रुकुम(पश्चिम)मा ३२ हजार ३०७ घर क्षति भएका छन् । जसमध्ये मुचुल्का तयार भएको २४ हजार ४२३ रहेका छन् भने ६ हजार ९९६ जना परिवारले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ता पाएका छन् । 

 

आठबिसकोट नगरपालिकामा ९ हजार ६६३ घर भत्किएकामध्ये ७ हजार २५० को मुचुल्का तयार भएको छ । यहाँ २ हजार ७३० परिवारले पहिलो किस्ता पाएका छन् । यस्तै सानीभेरी गाउँपालिकामा ५ हजार ७४३, चौरजहारी नगरपालिकामा ७ हजार ५, मुसिकोट नगरपालिकामा ३ हजार ९९९, त्रिवेणी गाउँपालिकामा ४ हजार ६६४ र बाफिकोट गाउँपालिकामा एक हजार ७५३ घर भत्किएका छन् । तीमध्ये सानीभेरीमा ५ हजार ३७३, चौरजहारीमा ६ हजार १४२, मुसीकोटमा एक हजार ८२६, त्रिवेणीमा २ हजार ७९ र बाफिकोटमा एक हजार ७५३ घरको मुचुल्का तयार भएको छ । यसैगरी पहिलो किस्ता पाउनेमा सानीभेरीमा एक हजार ६९९, चौरजहारीमा एक हजार ४४३ र त्रिवेणीमा एक हजार १२४ परिवारले पहिलो किस्ता पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड
प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

फागुन २७, २०८१

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल

फागुन २०, २०८१

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

फागुन १५, २०८१

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

फागुन १३, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…