अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न।
आज ११ औं संविधान दिवसको अबसरमा अखिल (क्रान्तिकारी)बाग्मती प्रदेश समितीले सानोठिमी क्याम्पस भक्तपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भयको कार्यक्रममा केन्द्रीय अध्यक्ष बिजय प्रकाश सापकोटा, युवा नेता एवं केन्द्रीय प्रतिनिधि पवन कार्की र केन्द्रीय उपाध्यक्ष बिराज थापा तथा बागमती प्रदेश समिति पदाधिकारीहरू, केन्द्रीय सदस्य प्रदेश समिति सदस्यहरूको उपस्थित थियो।
आजको दिप प्रज्वलन कार्यक्रमको मुख्य उद्देश्य महान् सहिदहरुको त्याग,तपस्या र वलिदानबाट सिर्जित संविधानको रक्षा गर्नु तथा पछील्लो समयमा आएको समस्यालाई संविधान सम्वत् ढङ्गले हल गर्दै लैजानु पर्ने कुरामा सम्पुर्ण सरोकारवालाहरूलाई ध्यानाकर्षण गर्नु रहेको बागमती प्रदेश समिति सचिव ऋतिक राज गिरीले जानकारी दिनु भयो।
प्रतिकिर्या