समाचार

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार


erastriya मंगलबार, साउन ०७, २०८२

काठमाडौँ । सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना अग्रिम भिसा १९३ देशको यात्रा गर्न सक्छन् । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२५ को पासपोर्ट सूचकांक जारी गरेको छ ।

यस सूचीमा गत बर्ष फ्रान्ससहित जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन संयुक्त रुपमा शिर्ष स्थानमा रहेका थिए ।  त्यसैगरी जापान र दक्षिण कोरियाको पासपोर्ट यस सूचीमा दोस्रो स्थानमा रहेका छन् । जापान र दक्षिण कोरियाका नागरिकले १९० देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । 

त्यस्तै डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली र स्पेन यस सूचीमा संयुक्त रुपमा तेस्रो स्थानमा छन् र यी देशका नागरिकले १८९ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । 

त्यस्तै अस्ट्रिया, बेल्जियम, लक्जेम्बर्ग, नेदरल्याण्डस, नर्वे, पोर्चुगल र स्विडेन संयुक्त रुपमा चौथो स्थानमा रहेका छन् र यी देशका नागरिकले १८८ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । यस सूचीमा ग्रीस, न्यूजील्याण्ड र स्वीजरल्याण्ड पाँचौं स्थानमा रहेका छन् भने बेलायत छैटौं र अस्ट्रेलिया, चेक रिपब्लिक, हंगेरी, माल्टा र पोल्याण्ड सातौं स्थानमा रहेका छन् । त्यसैगरी यस सूचीमा अमेरिका लिथुआनियासँगै १०औं स्थानमा रहेको छ ।

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा ९५औं स्थानमा रहेको छ । यस अघि २०२४ मा नेपाल ९८औं स्थानमा रहेको थियो भने यस अघि जनवरीमा जारी गरिएको सूचकांकमा नेपाल १०१औं स्थानमा रहेको थियो । नेपालको पासपोर्ट सूचकांकमा सुधार भएको छ । नेपाली नागरिकले ३८ देशमा बिना अग्रिम भिसा यात्रा गर्न सक्छन् ।  

यस सूचीमा छिमेकी देश भारत ८५औं स्थानबाट सुधार गर्दै ७७ औं स्थानमा रहेको छ भने चीन ६०औं स्थानमा रहेको छ । त्यस्तै सार्क देश बंगलादेश ९४औ स्थानमा छ भने पाकिस्तान ९६औं स्थानमा रहेको छ । यस सूचिको पुछारमा ९९औ स्थानमा अफगानिस्तान रहेको छ र विश्वको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा रहेको छ ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ ।

एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

ताजा अपडेट

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

  • माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको छ- जनार्दन शर्मा

    माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भए…

  • नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

    नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्प…

  • चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

    चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्यो…

  • प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

    प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्र…

  • पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

    पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स …