काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि सरकारको कार्यशैलीबाटै सबैभन्दा ठुलो खतरा रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले गणतन्त्रको भविष्यमाथि खतरा सरकारको कार्यशैलीबाट रहेको टिप्पणी गरेका हुन् । उनले भने- ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो ।’
त्यस्तै प्रचण्डले संविधानको शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न समेत आग्रह गरे । उनले यसका लागि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी आफुले लिने बताए ।
साथै प्रचण्डले संख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै गरेको बताउदै उसलाई बन्द नगरे जनताको धैर्यको सीमा टुट्ने समेत चेतावनी दिए ।
प्रतिकिर्या