समाचार

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन


erastriya बुधबार, असार २५, २०८२

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र  आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको हो ।

२- नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २२.०४ अंकले बढेर  २७०५. ९० विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

३- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अहिले देशमा करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिब ११ देखि १३ लाख मेट्रिक टन रहेको जानकारी दिदै हाल करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका हुन् । 

४- म्याग्दी जिल्लाको धवालागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु गरेको छ । स्थानीय प्रशासनले तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजक रहन अपील गरेको छ । धवालागिरी गाउँपालिकाले सूचना जारी गर्दै म्याग्दी खोला थुनिएको र खोलामा पानीको बहाव बढेकोले सतर्क रहन आग्रह गरेको छ । 

५- राप्रपाको अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्की नियुक्त भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेको श्रेष्ठले जानकारी दिएका छन् ।

६- गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा अमेरिका गएर रवि लामिछाने उतैको नागरिक कसरी बने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै रवि लामिछाने भिजिट भिसामा गएर अमेरिकाको नागरिक बन्न पाइन्छ की पाइदैन भन्दै प्रश्न गरेका हुन् । साथै मन्त्री लेखकले यो विषय आफुले सुनेको कुरा भएकाले यस विषयमा स्पष्ट जानकारी दिएर मात्र अरु विषयमा चर्चा गर्न आग्रह गरेका छन् । 

७- नेकपा एमालेकी सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले संसद अफवाह फैलाउने र  गलत प्रचार गर्ने थलो नभएको बताउदै गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी हुन् ।  

८- गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् । बुधबार प्रतिनिधीसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए । मन्त्री लेखकले बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।  

९- काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएको स्पष्ट गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद गौतमले आफुले बोलेको कुराको अर्कै विश्लेषण गरिएको भन्दै प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल फर्केको सत्य भएको र सो कार्यक्रममा धेरै मानिस गएकोमा उनीहरु नफर्किएको बताएकी हुन् ।

१०- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन् ।  कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रा. डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दिपक अर्याललाई सिफारिस गरेको थियो ।

११- नारायणघाट-बुटवल सडकको अवरुद्ध रहेको दाउन्ने-बर्दघाट सडकखण्ड एकतर्फी सुचारु भएको छ । गएराती दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध भएको थियो । नारायणघाट-बुटवल सडक योजनाले सडक आवश्यक मर्मत गरि एकतर्फी सडक सुचारु गरेको जानकारी दिएको छ ।

१२ - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरियो । यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ । यस्तैगत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ । 

१३- नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेको हो । महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय क्षेत्रको जोखिम, र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रविन्दुमा राख्दै, सुधारोन्मुख अर्थतन्त्रलाई  गति दिन, निजी क्षेत्रको मनोबल बढाउन, र सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमलाई सम्बोधन गर्ने नीतिगत सुधारहरूको आवश्यकतामा जोड दिएको छ । शुसासन र पूर्वाधारको कमीले नीतिगत सुधारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै महासंघले मौद्रिक नीतिका मुख्य सुझावहरूमा पूर्वाधार निर्माणलाई लक्षित गरी मौद्रिक नीतिगत योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएको महासंघका कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए । 

१४- स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।

आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ  साउन १ गतेबाट क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् । 

१५- सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको ज्यान गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।

१६- भारतको मध्यप्रदेशस्थित पन्ना टाइगर रिजर्भको सबैभन्दा जेठी हात्ती वत्सलाको मृत्यु भएको छ । उमेरका कारण कमजोर भएको हात्ती वत्सला नाली नजिकै खसेको र पछि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । वत्सलालाई भारतमा जीवित हात्तीहरूमध्ये सबैभन्दा जेठो हात्ती मानिन्थ्यो । मूल रूपमा केरलाको निलाम्बुर वन डिभिजनमा हुर्केकी वत्सलालाई १९७१ मा मध्य प्रदेश ल्याइएको थियो । १९९३ मा उनलाई पन्ना राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । २००३ देखि उनलाई विशेष हेरचाह दिइँदै थियो । २०२० मा, वत्सलाले मोतियाबिन्दुको कारणले आफ्नो दृष्टि गुमाएको तर साथी हात्ती र माहुतहरूको सहयोगमा, जंगलमा घुमिरहेको रिपोर्टमा बताइएको छ । 

१७- अमेरिकी विमानस्थलहरूमा जाँचको क्रममा यात्रुहरूले अब जुत्ता फुकाल्नु नपर्ने भएको छ । यातायात सुरक्षा प्रशासनले दुई दशक पछि सुरक्षा जाँचको लागि जुत्ता फुकाल्ने नीति समाप्त गरेको छ । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले यो परिवर्तन अमेरिकाका सबै विमानस्थलहरूमा तत्काल प्रभावबाट लागू गरिएको र बहुस्तरीय जाँच प्रक्रिया कायम रहने बताएकी छन् ।

१८- अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिबानका सर्वोच्च नेता हिबातुल्लाह अखुन्दजादा र अफगानिस्तानका प्रधानन्यायाधीश अब्दुल हकिम हक्कानीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । उनीहरू दुवैमाथि अफगान महिला, युवतीहरू र तालिबानको कठोर लिङ्ग नीतिहरूको विरोध गर्नेहरूलाई यातना दिएको आरोप छ । यी वारेन्टहरू मानवता विरुद्धको अपराध अन्तर्गत जारी गरिएको छ । यो पहिलो पटक हो जब आईसीसीले तालिबानको शीर्ष नेतृत्व विरुद्ध यस्तो कानुनी कदम चालेको छ ।  

१९- चेल्सी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । चेल्सीको जितमा जोआओ पेड्रोले दुवै गोल गरेका थिए । पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गरेका थिए । अब चेल्सीले फाइनलमा पिएसजी र रियल म्याड्रिडबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । दुवैबीचको सेमिफाइनल खेल आज राति हुदैछ । त्यस्तै फाइनल खेल जुलाई १३ मा हुने छ ।

२०- यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय क्रिकेटर यश दयालविरुद्ध एफआईआर दर्ता गरिएको छ । रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने यश दयालविरुद्ध भारतको उत्तर प्रदेशको गाजियाबादस्थित इन्दिरापुरम प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज
प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

असार २२, २०८२

एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क परिमार्जन

असार २२, २०८२

ताजा अपडेट

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …