खेलकुद

साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई


erastriya मंगलबार, असार २४, २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङसहितका एन्फा पदाधिकारीले खेलाडीको बिदाई गरेका हुन् ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी छानेका छन् । 

गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार ।

फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

त्यस्तै नेपाली यू-२० महिला टिममा यमप्रसाद गुरुङ (मुख्य प्रशिक्षक), इन्दु दुवाल (टिम म्यानेजर), सन्देशकुमार श्रेष्ठ (सहायक प्रशिक्षक), किरणकुमार कार्की (सहायक प्रशिक्षक), मीनबहादुर बस्नेत (गोलकिपिङ प्रशिक्षक), विशाल कोजु श्रेष्ठ (आधिकारीक), पूर्णिमा घिसिङ (फिजिस्ट्रेस) र पूर्निमा घिसिङ (फिजिस्ट्रेस) रहेका छन् ।

आगामी जुलाई ११ देखि २२, २०२५ सम्म टोलीले बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भाग लिदैछ ।

यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले जुलाई ११ मा भुटानविरुद्ध, जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि खेलिएका चारै पटक बंगलादेश विजयी बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

 

Single Image

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर
क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

असार २२, २०८२

सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि
सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

असार २१, २०८२

आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !
आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

असार २१, २०८२

सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !
सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

असार १९, २०८२

ताजा अपडेट

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …

  • प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता