समाचार

एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क परिमार्जन


erastriya आइतबार, असार २२, २०८२

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि  पुनः सक्रिय हुन थालेका छन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिङनल भन्दै पुन ‘कोड वर्ड’ प्रयोग गरेर तस्कारी गर्ने गरेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत छानबिन गरिरहेको भएपनि अझै विकृति नरोकिएको हो । तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई केन्द्रमा राखेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ । तर अख्तियारलाई नै निक्रिय बनाउने योजनाका साथ विमान स्थलका कर्मचारी ले शनिवार बाट एल र एमको काम पुन शुरु भएको र पुरानो रेटमा परिवर्तन भएको म्यासेज पठाएको पाईएको छ । एल बाट ६५हजार र एम मा ४० हजार लिन भनिएको छ ।

यूएई र कुवेत जाने महिलाहरूलाई त्यहाँका कर्मचारीले ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएका छन् । कर्मचारीसँगको साँठगाँठमा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट महिलाहरूलाई यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका यसअघि नै समाचारहरू बाहिरिएका थिए । कुवेत पुगेका महिलाहरूले त्यहाँ घरेलु कामदारका रूपमा बस्ने र थप पीडित भएर फर्किनुपरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो ।  बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले त्यसरी खाडीमा जाने प्रतिमहिला कम्तीमा ४० हजार र पुरुषसँग २० हजार असुल्ने गरेका हुन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा गएका विष्णु कोइराला र उच्च स्तरको निर्णय भन्दै अहिले सेटिङ गर्न कर्मचारीलाई निर्देशन दिइएको  पाइएको छ ।  स्रोतका अनुसार पछिल्ला केही सातादेखि काठमाडौँका विभिन्न होटल र रेस्टुरेन्टहरूमा दलाल र अध्यागमन अधिकारीबीच गोप्य भेटघाट बाक्लिएको छ । “हामीले केही होटलहरूमा यस्ता गोप्य छलफलको निगरानी गरेका छौं,” एक अनुसन्धान अधिकृत भन्छन्, “ती छलफलहरू आगामी फ्लाइट र ‘क्लियर पास’ को मिलेमतोबारे भएको देखिन्छ।” एक एजेन्टको भनाइ उद्धृत गर्दै स्रोतले दाबी गरेको छ—“पहिलेदेखि नै सेटिङ मिलाइएको छ, आइतबार बिहानको फ्लाइटमा उनीहरू जान्छन्, रोकिएनन् भने फेरि खुल्ला व्यापार सुरु हुन्छ।” उनले भने ।

‘हरियो सिग्नल’ को हल्ला र मन्त्रालयको मौनता
एजेन्टहरूले गृह मन्त्रालयबाट ‘हरियो सिग्नल’ पाइएको भन्दै आफ्नो नेटवर्कमा सक्रियता बढाएका हुन । नयाँ नियुक्त अध्यागमन प्रमुख विष्णु कोइरालाको मौखिक आदेशमा एजेन्टले आफनो नेटवर्कलाई अगाडि बडाएका हुन । गृहमन्त्रालयका एक अनुसन्धान अधिकृत अनुसार  “मन्त्रालय मौन छ भन्ने होइन,” गृह मन्त्रालय स्रोतले भन्यो, “तर गम्भीर अनुसन्धान नहुँदासम्म प्रत्यक्ष कारवाही सम्भव छैन।” तस्कर समूहले  कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाएर महिला एवम पुरुषलाई दैनिक खाडि लगायतका मुलुकमा पठाउने गरेका छन  । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । तर कानुनी निकायको मैन क्रियाकलापको कारण आम नेपाली श्रमजिवी युवा युवती मानव तस्करको कव्जामा पर्ने गरेका छन  । यसलाई रोकथाम गनुपर्ने कार्यमा केही सरकार कर्मचारी ले आफनो स्वार्थको लागी काम गर्दा देशको स्वाधिनता र अस्तित्व नै शंकटमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी
एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

१ दिन अघि

चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना
चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

१ दिन अघि

हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन
हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

असार १९, २०८२

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

असार १७, २०८२

ताजा अपडेट

  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

    क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्स…

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…