अन्तर्राष्ट्रिय

टिकटक प्रतिबन्ध हटाउने तयारी मा नेपाल सरकार


erastriya बुधबार, मंसिर २०, २०८०

सम्पादकहरूसँग एउटा छलफलका क्रममा प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्धबारे “पुनर्विचार गर्न सकिने” बताएका थिए।

प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्ति त्यति बेला आएको छ जति बेला टिकटकका एक उच्च अधिकारी काठमाण्डू आएका छन्।

प्रधानमन्त्री प्रचण्डको टिप्पणीलाई कतिपयले सरकार टिकटकप्रति लचिलो हुन खोजेको सङ्केतका रूपमा पनि लिएका छन्।

प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर एक दर्जनभन्दा बढी रिट निवेदनलाई एकसाथ राखी मङ्गलवारबाट सुनुवाइ गर्ने भनिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा पर्‍यो। ती सबै रिट निवेदनको सुनुवाइका लागि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलास तोकिएको थियो।

यसअघि सर्वोच्च अदालतको एकल इजलासले सरकारी निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइ गर्ने निर्णय गरेको थियो।

"सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सरकारले गत महिना टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

३ घण्टा अघि

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

१४ घण्टा अघि

काठमाडौँमा सात देशको कला प्रदर्शनी
काठमाडौँमा सात देशको कला प्रदर्शनी

१ दिन अघि

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी
किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

१ दिन अघि

ताजा अपडेट

  • चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

  • रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

    रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

  • एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

    एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ